अनिल खत्री
गुल्मी कार्तिक १२÷ वागलुङ तथा गुल्मी जिल्लाकै अग्लो झलुङ्गेपुल (आकाशे पुल) बागलुङको दगातुन्डाडा ९ सक्न्यार र गुल्मीको पौदिअमराई ९ अरेवा जोड्दै सम्पन्न भएको छ। बागलुङ र गुल्मी जोड्ने यो पहिलो र अहिले सम्मकै अग्लो आकाशे पुल हो । २ सय ६५ मिटर लम्वाई रहेको पुल १२५ मिटर अग्लो रहेको छ । वि.एल.टि कन्स्ट्रक्सन प्रा.लि.ले निर्माणको जिम्मेवारी लिएको पुल करिव २ वर्षको समयमा निर्माण सम्पन्न भएको निर्माण कम्पनिका प्रमुख तिर्खराज खड्काले वताउनु भएको छ ।
गुल्मी र बागलुङको विचवाट वग्ने वढिगाड (रुद्रवति) खोला (नदि) मा पुल वनेपछि १ घण्टाको पैदल वाटो अव ५ मिनेटको दुरीमा छोटिएको पुल निर्माण समितिका सचिव विष्णु भुसालले बताउनु भयो। भुसालले पुल वनेपछि दगातुन्डाडा र पौदिअमराईलाई मात्र नभएर वागलुङ पश्चिमवाट गुल्मी तम्घास सम्म जान आउन सहज हुने वताउनु भएको छ ।
केहि वर्ष अघि पौदीअमराईको अरेवामा विद्यालय संचालन गर्दा विद्यार्थी नभएको गुनासो हुँदा आकाशे पुल निर्माण गर्ने संकल्प लिएको र सोहि पर्यत्न अनुरुप पुल निर्माण भएको नेपाली काँग्रेस क्षेत्र नं. ३ गुल्मीका अध्यक्ष समेत रहनुभएका पुल निर्माण समितिका सल्लाहकार दामोदर भुसालले वताउनु भएको छ । भुसालले पुल निर्माण संगै अरेवालाई सानो सहरको रुपमा विकास गर्न सहज हुने र कृषि तथा पर्यटन विकासमा फट्को मार्न सकिने, र सक्न्यार अरेवा विच आर्थिक तथा मित्रवत व्यावहारलाई जोड्न सकिने वताउनु भएको छ । करिव एक करोड लागतमा सम्पन्न पुलको १÷२ हप्ता भित्रै उद्घाटन गर्ने तयारी गरिरहेको सल्लाहकार भुसालले वताउनु भएको छ ।
नेपालकै अग्लो पुल मध्यमा पर्ने यस पुलको निर्माण पछि सिँचाईको राम्रो व्यावस्था नभएको अरेवाले सिँचाई पाउने छ भने सक्न्यारको पानी सदुपयोग हुनेछ । सक्न्यारमा विद्यालय नहुँदा अध्ययनका लागी ग्वालीचौर पुग्नु पर्ने विद्यार्थीहरुको वाध्यता हट्ने छ भने अरेवामा रहेको जनज्योति मा.वि. विद्यार्थी अभावमा वन्दहुनु पर्ने छैन । दैवि विपत्तिको वेला देख्दा नजिकै देखिने सक्न्यार र अरेवा का वासिन्दा अव टुलु टुलु हेर्नु पर्नेछैन ।
पुल निर्माण पश्चात पर्यटकिय हिसावले गुल्मीको रेसुङ्गा, इस्मा दरवार लगाएत वागलुङको दगा, शिसाखानी, रणसिंह किटेनी, जलजला र ग्वालीचौरको पर्यटन प्रवद्र्धनमा समेत मद्दत पुग्ने देखिएको छ । त्यसै गरि गुल्मी को पौदीअमराई, मुसिकोट, नेटा, इस्मा, घमिर, दर्लिङ लगाएतका गाविसमा रहेका पर्यटकिय स्थल संग पनि पुल हुँदै जाने सडक जोडिने हुँदा थप पर्यटन विकास हुन सक्ने देखिन्छ ।
मध्य पहाडि लोकमार्ग मा पर्ने यस पुल निर्माण संगै स्वदेशि तथा विदेशी पर्यटकहरुलाई देवालय र हिम श्रृङ्खलाको दृष्यावलोकन गराउन सकिने तथा साहसिक खेल वञ्जी जम्पिङ लगाएतका खेलहरु संचालन गर्ने र वडिगाड नदिमा र्याफ्टिङ समेत संचालन गर्न सकिने वाटो खुलेको छ भने विकासलाई स्थानिय आयश्रोत संग जोड्न सकिने ढोका खुलेको छ ।
0 comments:
Post a Comment