१२ श्रावण ।
स्वाथ्यप्रति सावधानी र सचेत भएमा हेपाटाईटिस रोगको संक्रमणबाट बच्न सकिने सरोकारवालाहरुले बताएका छन् । खासगरि हेपटाईटिसले कलेजोलाई असर पु¥याउने भएकोले खानपान र नियमित स्वाथ्य चेकजांचमा ध्यान दिनु पर्ने उनिहरुले बताएका छन् । जांड रक्सी पिउन नहुने,हेपटाईटिसको भ्याक्सिन लगाउने औषधीहरु प्रयोग गर्दा चिकित्सकहरुको सल्लाह लिएर गर्नु पर्ने बताएका छन् । विश्व हेपाटाईटिस दिवस का अवसरमा सोमबार बुटवलमा अयोजित कार्यक्रममा बोल्दै स्वाथ्यक्षेत्रसंग सम्वन्धीत वक्ताहरुले यस्तो बताएका हुन् । हिमालय हेल्थ केयर ड्रग कम्पनीको अयोजनामा बुटवलमा भएको कार्यक्रममा हेपटाईटिस संक्रमण र यसबाट बच्न सकिने उपायका विषयमा प्रशिक्षणात्मक कार्यक्रम गरिएको हो । सो अवसरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलका चिकित्सक डा मुकेश शर्माले हेपटाईटिसको प्रारम्भीक चरणमै उपचार गरेमा निको हुने भएपनि कलेजो धेरै बिग्रीसकेमा आफुहरुले पनि केह ीगर्न नसक्ने बताउनु भयो । दुई छुट्टाछुट्टै सेसन बनाएर संचालन गरिएको कार्यक्रममा पहिलो चरणमा शुरक्षाकर्मीहरुलाई कलेजाको विषयमा जानकारी तथा अन्तरक्रिया गरिएको थियो । सो क्रममा पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी जवान तथा अधिकृतहरुको सहभागिता रहेको थियो । त्यसैगरि दोस्रो चरणमा बुटवल जेसिस र रेट्रायाक्ट क्लवमा आवद्ध युवाहरुको सहभागिता थियो । दुवै सेसनमा डा शर्माले प्रतुती दिनु भएको थियो । कार्यक्रमामा कम्पनीका क्षेत्रिय प्रवन्धकद्धय जगत गुरुङ, संजिव गुरुङ, बुटवल जेसिसका अध्यक्ष दिनेश श्रेष्ठ,क्षत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक पाण्डे लगायतले कलेजो र यसमा लाग्ने विभिन्न संक्रमणका विाषयमा धारणा तथा जिज्ञासा राख्नु भएको थियो । दिवशकै अवसरमा सोमबार बुटवलका सिटि अस्पतालमा निशुल्क हेपटाईटिईस बीको रक्तपरिक्षण कार्यक्रम समेत संचालन गरिएको थियो । यता बुटवलको शिव फार्माका संचालक दिनेश श्रेष्ठले आफ्नो क्लिनिकमा हेपटाईटिईसको उपचार तथा औषधीमा आगामी दिनमा २० प्रतिशत फ्रि गर्ने घोषणा गर्नु भयो ।

0 comments:
Post a Comment