महंगियो सरकारी अस्पताल



विशाल भट्टराईगुल्मी, साउन १
जिल्ला अस्पताल तम्घासले अस्पतालबाट प्रदान गरिने धेरैजसो सेबामा शुल्क निर्धारण तथा शुल्क बृद्धि गरेको छ । साउन एक गतेबाट लागू हुने गरि अस्पतालले यस्तो निर्णय गरेको हो । सर्बसाधारण तथा गरिबहरुले आफ्नो ठान्ने सरकारी अस्पतालमा यसरी शुल्कबृद्धि भएको पहिलो पटक हो । पहिले निशुल्क र सामान्य शुल्क लाग्ने सेबामा अहिले अस्पताल ब्यवस्थापन समितिले भारी शुल्क लाग्ने गरि निर्णय गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष बिरबहादुर कार्कीले कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएकोले यस्तो निर्णय गरिएको जानकारी दिए । असार २ गते अस्पताल ब्यवस्थापन समितिले गरेको निर्णय अनुसार अव अस्पतालका प्रत्येक सेबा सुबिधामा सर्बसाधारणले शुल्क तिर्नुपर्ने छ । ‘स्रोत साधनको अभाव छ, सरकारले कर्मचारी दिएको छैन्’ उनले भने ‘त्यसैले सामान्य शुल्कबृद्धि गरेका हौँ, यसले सबैलाई सहज बनाउँछ ।’ अस्पतालले सामान्य टाँका लगाएको र फुकाएको समेत शुल्क लिने तयारी गरेको छ । अस्पतालले एउटा टाँका लगाएको एक सय रुपैँया र त्यसपछि प्रति टाँकाका दरले ५० रुपैँया लिने निर्णय गरेको छ भने टाँका फुकाएको एक सय रुपैँया लिने निर्णय गरेको छ । यो सेबा पहिला निशुल्क गरिँदै आएको थियो । यसलाई अस्पतालको सेवा भन्ने की ब्यापार भन्ने प्रश्नमा कार्कीले थपे ‘यसलाई ब्यापार भन्न मिल्दैन, अरु आयस्रोतका बाटाहरु नभएको कारण हामीले यस्तो गरेका हौँ ।’ नागरिकलाई प्राप्त अस्पताल विकास समितिको बैठकको निर्णयको माईन्युटमा ५ रुपैँया कायम भएको नाम दर्ता शुल्क पनि १० रुपैँया बनाउने तयारी भएको छ । अब अस्पतालको निजी स्रोतबाट राखेका कर्मचारीहरु मात्रै होईन सरकारी तलब खाने डाक्टरहरुले पनि बिरामीको सेबा गरेबापत उक्त शुल्कबाट लाभ लिने छन् । ब्यवस्थापन समितिको बैठकको निर्णय नम्बर ९ मा शुल्कबाट उठेको सम्पूर्ण रकमको ४० प्रतिशत अस्पताल विकास कोषमा जम्मा हुने र ६० प्रतिशत रकम सेबामा सम्लग्न रहने सम्बन्धित कर्मचारीहरुलाई काम र तहको आधारमा कार्यालय प्रमुखले वितरण गर्न सक्ने गरि निर्णय भएको छ । अस्पताल विकास समितिले गरेको निर्णयबारे सुईँको पाएका गुल्मी युनाईटेट क्लबका कोषाध्यक्ष तथा तम्घासका स्थानीय सन्तोष सगुनले आफूहरु आन्दोलनको तयारीमा रहेको जानकारी दिए । ‘कुनै कुनै सेबा त प्राईभेट अस्पतालको भन्दा बढी छ यो सर्बसाधारणको लागि पीडाको बिषय हो’ उनले भने ‘साउन १ गते विकास समतिका अध्यक्षले छलफलका लागि बसौँ भन्नुभएको छ त्यसपछि हामीले अरु आन्दोलनका कार्यक्रम अघि बढाउँछौँ ।’ उनले यो शुल्कबृद्धिलाई कुनैपनि हालतमा लागू हुन नदिने समेत बताए । भर्खरै १५ शैयाबाट ५५ शैया हुने तयारीमा रहेको जिल्ला अस्पतालमा यस्तो मूल्यबृद्धि हुनेबारे थाहा पाएपछि सर्बसाधारण दुखि भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरेश नेपालले अहिले करार र अस्थाई कर्मचारी राख्न नपाउने भएकोले अस्पताल विकास समतिले यसको ब्यवस्थापनको लागि शुल्कबृद्धि गरेको प्रतिक्रिया दिए । ‘एक हिसावले समय सापेक्ष तरिकाले पनि बृद्धि भएको छ, अहिले सबै कुरा महंगियो’ उनले भने ‘सबैमा न्यूनतम शूल्क राखेको छ, यसले स्रोत साधनको पनि दुरुपयोग हुन दिँदैन् ।’ स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख गुणराज लोहोनीले अस्पताल ब्यवस्थापन समितिले सर्बसाधारणको ढाड सेक्ने काम गरेमा अस्पताल विकास समिति भंग हुन सक्छ । ‘गर्भपतन गर्दा १ हजार भन्दा बढी पैसा लिन पाईँदैन, केहि शुल्कहरु अस्पताल ब्यवस्थापन समिले तोक्न पाउँछ’ उनले भने ‘सरकारी अस्पतालमा पैसा कमाउने मेलो भन्दा पनि सेबामा ध्यान दिईनु पर्छ ।’ उनले अस्पताल विकास समितिले अस्पताल संचालनका सम्बन्धमा निर्णय गर्न पाउने भएपनि सरकारको मापदण्ड कुल्चन नहुने बताए । शुल्कबृद्धि बिबरण सेबा अहिलेको शुल्क पहिलेको शुल्क ओपीडी १० रुपैँया ५ रुपैँया ईमरजेन्सी २५ रुपैँया १५ रुपैँया प्लाष्टर खोलेको १०० रुपैँया निशुल्क प्लाष्टर गरेको ३०० रुपैँया १०० रुपैँया चिरफार २०० रुपैयाँ निशुल्क माईनर अप्रेशन ५०० रुपैयाँ निशुल्क टाँका खोलेको १०० रुपैँया निशुल्क टाँका लगाएको प्रतिटाँका १ सय र पछि ५० निशुल्क दुध गानिएको चिरफार ५०० रुपैँया निशुल्क अक्सिजन लगाएको प्रतिघण्टा ५० रुपैँया निशुल्क पेष्टमार्टम ५०० रुपैँया निशुल्क बेहोस पारेर पलाष्टर गर्दा १००० रुपैँया निशुल्क घाँटिमा केहि अड्किएको २०० रुपैँया निशुल्क गर्भपतन १४ सय १ हजार मापसे र घाउ जाँच २०० रुपैँया निशुल्क रेबिज भ्याक्सीन १०० रुपैँया ५० मा पुरै

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment