काठमाडौं, असार २९– नेकपा–एमाले निर्वाचनको जारी मतगणनामा अध्यक्षका प्रत्यासी माधव नेपाल र केपी शर्मा ओलीबीच कडा प्रतिश्पर्धा देखिएको छ । अहिले ओलीले अग्रता लिएका छन । यस्तै अन्य पदहरुमा पनिमा अधिकांस ओली पक्षका उम्मेदवार अगाडी छन । मतगणना त्रिपुरेश्वरस्थित दशरथा रंगशालामा जारी रहेको छ । मतपरिणामबारे अपडेट क्रमिक रुपमाजानकारी दिँदै जाने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारीले जानकारी दिए ।
बिहान ८ बजेदेखि नै मतगणना सुरु हुने भनिएपनि निर्धारित समयभन्दा ढिलोगरी सुरू भएको थियो । मतगणनासम्बन्धी आचारसंहिता, विधि र प्राविधिकलगायतका विषयमा दुई पक्षबीच सहमति भएपछि निर्धारित समयभन्दा झण्डै तीनघण्टापछि मतगणना सुरु भएको हो ।
अध्यक्षका प्रत्याशी माधवकुमार नेपालले मतगणनास्थल दशरथ रंगशालामा सीसीटीभी राख्नुपर्ने बताएपछि सीसीटीभी जडान गरिएको छ ।हिजै हुने भनिएको मतगणना प्राविधिक र अन्य कारण देखाउँदै आज बिहान ८ बजेको लागि तोकिएको थियो ।
मतगणनास्थलमा सुरक्षव्यवस्था कडा पारिएको छ भने मतगणनास्थलमा पत्रकारलाई बस्ने र समाचार संकलन तथा सम्प्रेषण जान समेत दिइएको छैन । साथै सो स्थानभएर स्थानीयलाई डिडुल समेत गर्न दिइएको छैन । रंगशाला बाहिर मत परिणाम जान्न उत्सुक कार्यकर्ता तथा सर्वसाधारणको भीड लागेको छ
एमालेको नवौं महाधिबेशनमा नयाँ नेतृत्वको लागि सर्बसहमतिमा नेतृत्व चयन हुन नसकेपछि शुक्रबार अपराह्नदेखि मतगणना सुरु भएको थियो । माधब र केपी समुहले छुट्ट-छुट्टै प्यानल बनाएर निर्वाचनमा जाने निर्णय गरेपछि शुक्रबार अबेर सम्म निर्वाचन भएको थियो ।

0 comments:
Post a Comment