कृष्ण बिसी, नवलपरासी असार २९ ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको बर्दघाट नगरपालिका बडा न १० लण्डनब्रिजमा यात्रुबाहक बस पल्टिदा १७ जना घाईते भएका छन । पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ६०७३ नवंरको यात्रुबाहक बस आज बिहान ४ बजे आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किएर पुलमुनी खस्दा बसमा सवार ४४ जना मध्धे १७ जना घाईते भएका हुन । घाईते मध्धे केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाईतेको दाउन्नेदेवी अस्पतालमा उपचार भईरहेको छ ।दुर्घटना पछी चालक फरार रहेको र खोजीकार्य चलिरहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment