९ बर्षको सानो बालकको बिवाह ६२ बर्षे पाको उमेरको महिला संग भयो भन्दा कति अचम्म लग्छ होला तर यस्ता भएको छ दक्षिण अफ्रिकाको पुमालांगा स्थित जिम्हुंग्वेमा आयोजित एक कार्यक्रममा | उमेरले ७ गुणा कान्छो नाती उमेरको फुच्चे बेहुलोसँग चुम्बन गर्नका लागि ६२ वर्षकी बेहुली हेलेनलाइ निकै गारो महशुश हुन्थ्यो तर पनि उनहरु एक अर्कासंग बिवाह गर्छन |चाँदी रंगको पहिरनमा चिटिक्क परेका सानेइ म्यासिलेलाले आफ्नी हजुरआमा उमेरकी बेहुलीलाई चुम्बन गर्छन् अझ रोचक त के भने यी दुइ बेहुला बेहुलीको त्यो पहिलो विवाह पनि थिएन । उनीहरुले एक अर्कासँग दोश्रो पटक बिहे गर्दै थिए ।अप्ठेरो लाग्ने त्यो बिहे समारोहमा बेहुला, बेहुली खुसी थिएनन् तर भव्य विवाह समारोहमा उपस्थित पाहुनाहरु भने मख्ख थिए । अरु त अरु, हेलेनका ६६ वर्षे दीर्घकालीन लोग्ने साबांगु समेत रमितेहरुमध्ये एक थिए र उनी पनि निकै खुसी थिए निकै रमाइलो माहोलमा सानेइ र हेनेलबीच गएको वर्ष पनि यस्तै समारोहबीच पहिलो विवाह भएको थियो । तर एकान्द्रो फर्काउनका लागि यो वर्ष यी दुइबीच पुनर्विवाह भयो ।विवाहमा केटाको परिवारले १ लाख ६५ हजार रुपैयाँ बराबर रकम खर्च गर्नुपरेको थियो भने केटीको परिवारले झण्डै ८३ हजार रुपैयाँ जति । केटालाई सानो औँठी भएपनि पुग्ने भएकाले केटीतर्फको खर्च कम भएको रहेछ ।बिचार ति सानो बालकको कुन रहर थिएन त्यति बुढी आमासंग बिवाह गर्नलाई | सानेइका मृत पितृहरुले तत्काल पाको महिलासँग बिहे नगरेमा ग्रह लाग्ने भनेर सपनामा भनेको आधारमा यसो गरिएको थियो पोहोर साल । अनि अहिले फेरि दोहोराइयो -
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)



0 comments:
Post a Comment