कुमार अविरल पन्थी/ केशव कंडेल, कतार असाार २९ ।
गुल्मी सेवा समाज कतारले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर स्थानिय कलाकारको साथमा "तिज विशेष कार्यक्रम २०१४" को आयोजना गर्ने भएको छ । शुक्रवार बसेको सँस्थाको तेश्रो नियमित मासिक बैठकले यस्तो निर्णय गरेको हो । बैठक सँस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षतामा सम्पन्न भएको छ । साथै उक्त बैठकमा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समिति एवम रोजगारीको शिलसिलामा कतारमा रहनु भएका गुल्मेलीहरुको पनि उपस्थिति रहेको थियो । प्रवासमा रहेर पनि नेपाली सँस्कृतिको पहिचान, नेपाली रिती रिवाज तथा मौलिक परम्पराको जगेर्ना गर्दै विशेष गरी कतारमा रहेका महिला दिदी बहिनीहरुलाई मध्यनजर राख्दै यो कार्यक्रम गर्न लागेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुलाई स्वच्छ मनोरञ्जन दिने यस कार्यक्रमको लक्ष्य रहेको कार्यक्रमका संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्यले बताउनु भएको छ । आगामी २२ अगष्ट २०१४ का दिन हुन गईरहेको उक्त तिज विशेष कार्यक्रम गुल्मी सेवा समाज कतारले पहिलो पटक आयोजना गर्न लागेको हो । कार्यक्रममा भब्य सास्कृतिक प्रस्तुती संगै तिजको दरखाने व्यवस्था समेत गरिने भएको छ । कार्यक्रममा महिला दिदीबहिनीहरुलाई निःशुल्क प्रवेश र पुरुषहरुलाई प्रवेश शुल्क कतारी रियाल २० राखीएको छ ।

0 comments:
Post a Comment