सन्धिखर्कको फुद्वाङ स्थित बागी खोलामा बगिरहेकी महिलाको प्रहरीद्धारा सकुशल उद्धार


(२०७१ श्रावण ४, आइतवार)
पप्पु खासु मगर
सन्धिखर्क, अर्घाखाँची ३ साउन । अर्घाखाँचीको सन्धिखर्कमा बागी खोलाले बगाउदै गरेको अबस्थामा एक महिलालाइ प्रहरीले सकुसल उद्धार गरेको छ ।
सन्धिखर्क नगरपालिका वाड न. ८ गच्छे निवासि २५ बर्षिय सरिता बिकलाई फुद्बांगमा बागी खोलाले बगाइ रहेको अबस्थामा देखे पछि गस्तीमा गएको प्रहरी टोलीले सकुशल खोलाबाट बाहिर निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक गोबिन्द पन्थीले बताउनु भयो ।
खोला तर्दै गर्दा खोलाले बगाएको प्रहरीले देखे पछि आफ्नो ज्यानको प्रहबाह नगरि प्रहरीले खोलामा हाम फालि महिलालाइ बाहिर निकालेको थियो । बाहिर निकाल्न साथ जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक गोबिन्द पन्थीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गइ घाइते महिलालाई उपचारको लागि तत्काल प्रहरीको गाडीमा जिल्ला अस्पताल लगेको थियो ।
खोलाले बगाएर घाइते बनेकि सरिताको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको र बिकको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
प्रहरीले खोलामा बगिरहेकी महिलाको उद्धार गर्न सफल भएकोमा स्थानीय बासिन्दाले प्रहरीको प्रशंसा गरेका छन ।

अर्घाखाँची बुलेटिन's photo.



LikeLike ·  ·  · 4116

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment