कमल पौडेल खर्वाङ श्रावण ३।
वागलुङ जिल्लाको पश्चिम दगातुम्डाडा ६ सिमलचौरमा वाँदरको आतंक वढेपछि स्थानिय कृषक चिन्तीत वनेका छन् । पहिले पहिले वाँदरै नलाग्ने ठाँउहरुमा पनि वाँदर पस्ने र खाद्यान्न वाली खाईदिने र नष्ट गरिदिने गर्न थालेपछि स्थानिय कृषक चिन्तित वनेका हुन् । स्थानिय प्रेमलाल पोखरलेले आफ्नो खेतको झण्डै १५ डोको मकै वाँदरले खाईदिएको वताउनु भएको छ । पोखरेलले भन्नुभयो पहिले यस्तो आतंक थिएन अहिले उठिवासै लायो कसरी नियन्त्रण गर्न सकिएलारु केहि उपाए हुन्छ कि भनेर प्रहरी चौकी जान्छु पनि भने तर गयर पनि के होला र भनेर गईन प्रहरीले केहि उपाए लगाइदिय सारै खुसि हुने थियौं । त्यस्तै विहानै देखी खाना पनि खान नपाई वाँदरलाई कुरीरहेका चुरामणि गौतमले वाँदरले खाना खानपनि नदिएको गुनासो गर्नुभयो । छोडेर जाँउ भने आएर खाईहाल्छ घरमा एक्लै छु सारै समस्यामा परियो । यस्तै स्थानिय धनमाया रानाले पनि आफ्नो वारीमा मकै वाँदरले खाईदिएको वताउनु भएको छ । पहिले वाँदर नलाग्ने उत्पादनका हिसावले राम्रो ठाँउको रुपमा परिचित सिमलचौरमा अहिले वाँदरको विगविगि वढेपछि किसानहरु चिन्तित वनेका छन् । मोटरवाटो खनेपछि वाँदरलाई गाँउ पस्न सहज भएको र गाँउमा वन्दुक राख्न नपाईने भएपछि वाँदरको संख्या वढ्दा आफुहरुलाई समस्या परेको कृषकहरुले गुनासो गरेका छन् ।


0 comments:
Post a Comment