५ साउन, नाइजेरिया । नाइजेरियमा अलपत्र परेका चार नेपाली स्वदेश फर्किदै छन् । एजेन्टमार्फत नाइजेरिया पुगेका पर्साका नवराज पाण्डे, चितवनका प्रेमबहादुर गुरुङ, गोर्खाका राजिव थापा मगर र धादिङका सुव्बा गुरुङलार्इ सोमवार गैरआबासिय नेपाली संघ नाइजेरियाको संयोजनमा उद्दार गरी स्वदेश पठाउन लागिएको हो ।
पूर्व सुरक्षाकर्मीसमेत रहेका उनीहरुलाई एजेन्टहरु रविन गुरुङ (दिल्ली), सुमन गुरुङ (नेपालगञ्ज) र मनोज श्रेष्ठ (दुबर्इ)ले नाइजेरिया पुर्याएर छोडि दिएपछि उनीहरु अलपत्र परेका थिए । मासिक १५ सय डलर तलबको जागिर दिने भन्दै जनही ६ लाख भन्दा बढी रकम असुलेर तीन महिना अगाडि उनीहरुलाई दिल्लीको बाटो हुँदै लेगोस ल्याएर अलपत्र बनाएर एजेन्ट फरार भएका थिए ।
एक महिनाको ब्यापारिक भिसामा, कुनै करारपत्र र कम्पनीको नाम ठेगाना बिना नाइजेरिया पुगाइएका उनीहरुसंग भिसाको म्याद समेत सकिसकेको थियो । काठमाडौँस्थित प्रवासी नेपाली समन्वय समितिको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइएमओ)ले स्वदेश फिर्तिका लागि उनीहरुका लागि हवाई टिकेटको व्यवस्था गरेको हो ।
अलपत्र परेका बेला उनीहरूलार्इ खान बस्नका लागि खर्च उनीहरुका परिवारबाहेक एनआरएनएनाइजेरियाली एक लाख रुपैयाँ र प्रबासी नेपाली समन्वय समितिले ३३ हजार रुपैयाँ सहयोग गरेको थियो ।
गैरआबासिय नेपाली संघ, अफ्रिकाका क्षेत्रिय संयोजक हिक्मत थापा, संघका नाइजेरिया अध्यक्ष चिरन्जिवी रोका र महासचिब दिपक कर्णले उनीहरुलाई आइतवार लेगोस अन्तर्राष्ट्रिय बिमान स्थलमा बिदार्इ गरेका थिए । उनीहरु इत्तिहाद एअरबाट मंगलबार बेलुकी चार बजे काठमाडौँ पुग्नेछन् ।

0 comments:
Post a Comment