कुमार अविरल पन्थी, कतार साउन १३।
इदको अवसर पारेर कतारमा आयोजना हुन लागेको मेघा कन्सर्टको लागि तेरिया फौज मगर कतार आइपुगेकी छन । उनको आमा लगायत जी टिभी. सहितको टोली कतार आइपुगेको हो । गायक देखि नायक सम्म, हास्य कलाकार देखि दोहोरी गायक सम्मका कलाकारहरुले आज मेघा कन्सर्टमा आ-आफ्नो प्रस्तुती देखाउने छन । उक्त मेघा कन्सर्टमा डि आइ डि लिटल मास्टर सिजन थ्री कि बिजेता तेरिया मगरको बिशेष पर्फमन्स रहने छ । नायक आर्यन सिग्देल,गायक शिव परियार,सुगम पोखरेल, पशुपति शर्मा , सुनिता दुलाल , निश्मा घिमिरे , हर्के हवल्दार ,सबिन श्रेष्ठ, निरु खड्का लगायतका कलाकारहरु २ दिन अगावै कतार आईसकेका छन । नेपाली चलचित्रको बिकाश र प्रर्वद्धनको लागि आयोजना गरिएको भनिएको यो कन्सर्ट स्थानिय समय अनुसार बेलुका ५ बजे बाट आरम्भ हुने छ ।
0 comments:
Post a Comment