गरिवी निवारणका लागि महिलाहरु उद्यमी हुनु पर्ने

गुल्मी, असार २९ । 
गरिवी निवारणका लागि महिलाहरु उद्यमी हुनु पर्ने कुरामा आज एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । जन विकास के न्द्र गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको लघु कर्जा प्रवाह गर्न सहयोग र सहजीकरण विषायक अन्तरकृया कार्यक्रमका बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । घरेलु तथा साना विकास समिति गुल्मीको सहयोगमा जन विकास केन्द्रले सुरु गरेको गरिवी निवारण सम्वन्धी कार्यक्रममा जिल्लाका विभिन्न गाविसका महिला उद्यमीहरुको सहभागिता थियो । कार्यक्रममा कृषि विकास बैक गुल्मीका शाखा प्रवन्धक केशवराज शर्मा, घरेलु तथा साना उद्यम विकास समितिका वरिष्ठ उद्यम अधिकृत कृष्णप्रसाद पो खरेल, मैत्री वहुउद्देस्ययी सहकारी संस्थाका प्रवन्धक अर्जुन आचार्य, रेडियो गुल्मीका सहायक स्टेशन म्यानेजर प्रेम सुनार, गन्तव्य मार्ग साप्ताहिकका सम्पादक खिम खड्का , सिवाईसी गुल्मीकी जिल्ला प्र तिनीधी रमा तिम्लिसिना लगायतको आतिथ्यता थियो । जन विकास केन्द्रका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ता डिलमाया वोहराको स्वागत मन्तव्य र मिठुमाया दर्लामीको सञ्चालन रहेको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment