गुल्मीमा विष्फोटक पदार्थ विष्फोट हुदा एक घाईते

प्रेम सुनार गुल्मी, असार २९ ।
 गुल्मीको घमिरमा आज दिउँसो करिव १२ वजे को समयमा वम जस्तो देखिने विष्फोटक पदार्थ विष्फोट स्थानिय एक वालक सख्त घाईते भएका छन् । घमिरको दह देउराली सामुदायिक वनमा फेला पारेको उक्त पदार्थ घरमा ल्याई खेलाउने क्रममा एक्कासी विष्फोट हुँदा घमिर ९ , खर्सुखर्कका उमालाल पन्थीका १३ वर्षिय छोरा खिमलाल पन्थी घाईते भएका हुन् । उनको दायाँ हातको चोर औला चुडिएर भुईमा खसेको छ’–स्थानिय सञ्चारकर्मी राजेन्द्र पन्थीले भने । शरिरका अन्य भागमा पनि चोट लागेको छ ।’ उनका अनुसार घाईतेको स्थानिय जन से वा मेडिकल हलमा प्राथामिक उपचार गरी सदरमुकाम ल्याउने तयारी भई रहेको छ । एम्वुलेन्स मगाउँदा नपाएपछि जिप मगाईएको पन्थीले बताए । द्धन्द्धको बेला उक्त जंगलमा छाडिको विष्फोटक पदार्थ हुन सक्ने स्थानियको आशंका छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले अनुसन्धानका लागि घटना स्थलमा प्रहरी खटाई सकिएको बताए । के कस्तो विष्फोटक पदार्थ हुन सक्ला त ? यस सम्वन्धमा नेपाली से ना , गुरुगोरख गुल्मका गुल्मी पति स्नानी भिमशंकर वन संग सम्पर्क राख्दा प्रहरीले घटना स्थलको तस्वीर नल्याए सम्म यसै भन्न नसिकीने बताए ।  प्रहरीहरु जानु भएको छ –उनले भने– उहाँहरुले तस्वीर ल्याए पछि मात्र यहि नै पदार्थ हो भन्न सक्छि ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment