दुबईमा तेरिया फौजा मगर आउने

लालबहादुर ढेंगा, दुबई, युएई दुबई ।
 भारतीय जि टिभी च्यानलद्धारा प्रशारित चर्चित डिआइडी लिट्टिल मास्टर सिजन थ्री” का विजेता तेरिया फौजा मगर, गायिका, नायिका र मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमाल दुबईमा आउने भएका छन् । आगामी २९ अगस्तका दिन दुबईस्थित शेख राशिद अडिटोरियम हलमा “२० औं विश्व आदिवासी जनजाति दिवस २०१४” को अवसरमा हुने भएको “नेपाली कल्चर शो” सांगीतिक कार्यक्रमका लागि आउने भएका हुन् । यो जानकारी गएको २५ अगस्त शुक्रबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ युएईद्धारा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष डिआर गुरुङले दिनु भएको हो । अध्यक्ष डिआर गुरुङको अध्यक्षता र महेश मोक्तानले संचालन गरेको उक्त पत्रकार सम्मेलनको अन्य अतिथिहरुमा जनजाति महासंघसंग आवद्ध रहेका ९ वटा संस्थाका प्रतिनिधहरु र विभिन्न मेडियाहरुसंग आवद्ध रहेका पत्रकारहरु रहेका थिए । भर्खरै मात्र डिआइडी लिट्टिल मास्टर सिजन थ्री” का विजेता भएपछि बिदेशको भ्रमणमा व्यस्त रहेकी तेरिया मगर दुबईमा आउने खबरले युएईका दर्शकहरु निकै उत्साहितमा छन् । तेरिया मगरका साथ नायिका छुल्थिम गुरुङ र यएईका ख्यातिप्राप्त कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने भएको छ । सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमालद्धारा बिशेष संवोधन गरिने भएको छ । युएईको सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुमध्ये पहिलो पटक एक लाख बीस हजार दिरामको लगानीमा ऐतिहासिक कार्यक्रम हुने आयोजक बताउंछन् । जि टिभीसंग समन्वय भएर गरिने यस कार्यक्रममा केवल नेपालीहरु मत्र नभएर गैरनेपालीहरुको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा प्रवेशका लागि महिलाहरुलाई बिशेष छुटका साथ ३५ दिराम र पुरुषहरुका लागि ५० दिराम राखिएको छ भने सिल्भर एडमिशनको लागि १०० दिराम, गोल्ड एडमिशनको लागि १५० दिराम र डाइमण्ड एडमिशनको लागि ५०० दिराम राखिएको छ । कार्यक्रमका लागि टिकट बिक्री बितरण अन्तर्गत ५ पुरस्कारको व्यावस्था समेत गरिइएको छ । जसमा १५ हजार दिरामको टिकट बिक्री गरेमा पुरस्कारको लागि सहभागी हुन पाउने र सबैभन्दा धेरै टिकट बिक्री गर्नेलाई प्रथम पुरस्कारको रुपमा २,००० दिराम र प्रशंसापत्र, द्धितीय पुरस्कार १,५०० दिराम र प्रशंसापत्र, तृतीय पुरस्कार १,००० दिराम र प्रशंसापत्र, चौथो पुरस्कार ७०० दिराम र प्रशंसापत्र र पाचौं पुरस्कार ५०० दिराम र प्रशंसापत्र रहेको छ । unnamed (7)


unnamed (3)

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment