के राजेश पायलले उपद्रो गरेकै हुन् त ?



(राजेश पायल राइले आफ्नो फेसबूक मार्फत लेखेको जस्ताको त्यस्तै)

प्रदिप राई । क्वालालम्पुर । मलेसियामा राजेश पायल राईले उपद्रो गरे भन्ने समाचारलाई लिएर थुप्रै बहसहरु भइरहेका छन् । सत्य तथ्य जानकारी आई रहेको छ । हालसम्म पाएको जानकारी अनुसार तेरिया मगरको सम्मान कार्यक्रम खुकुरी रेष्टुरेन्टमा सम्पन्न भइरहेको बेला कार्यक्रम स्थलमा राजेश पायल राईले कुनै हो–हल्ला नगरेको, आफूलाई सम्मान नगरेको भनेर कसैप्रति असन्तुष्टि प्रकट नगरेको तर कार्यक्रम सम्पन्न नभई होटलबाट तल झरेर गाडीमा बसेको हुन। 

कार्यक्रम स्थलबाट राजेश पायल राई तल ओर्लेपछि कन्सर्ट आयोजक मध्येका एक जना र एकजना सवारी चालक इन्डियन मूलका मलेसियन नागरिक माथि उक्लेर खाना खान तयारी अवस्थामा रहेका अन्य कलाकारहरुलाई खाना खानै नदिई लगेको र सो क्रममा केही ब्यक्तिसँग मलेसियन नागरिकको भनाभन भएको र भनाभनको क्रममा राजेश पायल राई रिसाई रहेको र  कार्यक्रम निर्धारित समयभन्दा ढिलो भो, कार्यक्रमको ब्यवस्थापन भएन भनेर भनेका रहेछन् । ती मलेसियन नागरिकहरुले पाकिसकेको खान नफालेको र कसैको पनि पासपोर्ट कब्जा नगरेको साथै उज्यालो नाइन्टी नेटवर्कमा समाचार संप्रेशण गर्ने भूमिराज पराजुली स्वयं कार्यक्रम स्थलमा नभएको र उनले टेरियाको सम्मान कार्यक्रमका आयोजकहरुले नै फोन गरेर समाचार टिपाएको हो भन्ने प्रतिकृया दिएका छन् । साथै सुन्दर आलेको नाममा आएको भर्सन भूमिराजले लेखेको र टीका श्रीसको भर्सन उज्यालो नाइन्टी नेटवर्कबाटै थपिएको जानकारी पनि समाचारदाता भूमिराज पराजुलीले दिएका छन्

घटनाको विश्लेषण गर्दा राजेश पायलले आफूलाई सम्मान नगरेको भनेर कसैप्रति असन्तुष्ट ब्यक्त नगरेको प्रष्ट हुन्छ । कार्यक्रमको ब्यवस्थापन पक्षलाई लिएर उनी असन्तुष्ट भई वा खाना खानै मन नलगाएर हो खानै नखाई कार्यक्रम स्थलबाट तल ओर्लेपछि कन्सर्टको स्थानीय आयोजक मध्येका एक र अर्का एक सवारी चालक कार्यक्रम स्थलमा निस्किए र खाना खान लागेका अन्य कलाकारलाई खानै नदिई लगेर गएपछि तेरियाको सम्मान कार्यक्रम आयोजकहरुलाई नराम्रो लाग्नु स्वभाविक हो र उहाँहरुको बुझाईमा राजेश पायलले स्थानीय ब्यक्तिहरुलाई उचालेको भन्ने लाग्नु पनि स्वभाविक हो । 

तर टेरिया सम्मान कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुन्दर आले भन्छन्—राजेश पायल राईको यसमा कुनै गल्ति छैन, बरु कार्यक्रम स्थलमा उक्लेका दुई मलेसियन नागरिकको नेपाली प्रतिको हेपाहा प्रवृतिले सानो घटनालाई ठूलो बनाउन मद्दत पुगेको हो । सञ्चार माध्यममा सो समाचार पुगेपछि घटनालाई बढाई चढाई गरेर राजेश पायल, टेरिया र आयोजक तीनै पक्षको बदनाम गराउने खालको समाचार प्रकाशित भएकोप्रति आले दुखेसो पोख्छन् । साथै सो समाचारलाई लिएर विभिन्न ब्यक्तिहरुले अतिनै छुद्र रुपमा प्रतिक्रिया ब्यक्त गरेर दुई समुदाय किरात राई र मगर बीच द्वन्द बढाउन खोज्नु झन् गलत भएको टेरिया मगर सम्मान आयोजक संस्थाका पदाधिकारीहरुले बताएका छन् । साथै उनीहरुले यो घटना, समाचार र प्रतिकृयाप्रति खेदसमेत ब्यक्त गरेका छन् । साभार: राष्ट्रियखबर



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment