साउन कतार १३।
नेपाली कलाकारको जम्वो टोलि यतिबेला कतार पुगेको छ । इदको अवसर पारेर कतारमा आयोजना हुन लागेको मेघा कन्सर्टको लागि नेपाली कलाकारहरु त्यहा पुगेका हुन् । गायक देखि नायक सम्म , हास्य कलाकार देखि दोहोरि गायक सम्म का कलाकारहरुले आज जुलाइ २९ तारिख मंगलबार हुने मेघा कन्सर्टको लागि त्यहा पुगि सकेका छन् । यस्तै उक्त कन्सर्टमा डि आइ डि लिटल मास्टर तेरिया मगर कोपनि बिशेष पर्फमन्स रहने छ । नायक आर्यन सिग्देल , गायक शिव परियार , सुगम पोखरेल , पशुपति शर्मा , सुनिता दुलाल , निश्मा घिमिरे , हर्के हवल्दार ,सबिन श्रेष्ठ, निरु खड्का लगायतका कलाकार संगै तेरिया मगर पनि कतार पुगिसकेको व्यवस्थापक आशिका श्रेष्ठ र मेघा प्रधानले जानकारी गराएका छन् । नेपाली चलचित्रको बिकाश र प्रर्वद्धनको लागि आयोजना गरिएको भनिएको यो कन्सर्ट स्थानिय समय अनुसार बेलुका ५ बजे बाट आरम्भ हुने छ । सास क्रियसनको प्रस्तुति मेघा कन्सर्टलाइ कलाकार एव निर्माता कल्याण घिमिरेले संयोजन गरेका हुन् । गुल्मी टाइम्स डटकम मेघा कन्सर्टको अनलाइन मिडिया पार्टनर हो ।
0 comments:
Post a Comment