गोकर्ण प्रकास ज्ञवाली, असार ९ । पतिलाई
विनाधितो करोडौं रुपैयाँ ऋण प्रवाह गर्ने बुटवल नेपालगंजरोड
स्थित स्वर्णिम वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष
(पार्वती)पारु ध्वजु र कार्यकारी अधिकृत मनोज भट्टराई
जेल चलान भएका छन् । उनीहरुलाई जिल्ला अदालत
रुपन्देहीले ठगी मुद्धामा पुर्पक्षका लागी थुनामा राख्ने आदेश
दिएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ध्वजु र भट्टराई
माथी उक्त सहकारीको रु.६ करोडभन्दा बढी रकम नियम
विपरित मासेको अभियोग छ । उक्त
मुद्धामा मुछिएका सहकारीका संचालक मनोज श्रेष्ठ, सुनिल
घिमिरे, सुनिल खनाल, सुदिप थापालाई भने अदालतले
धरौटीमा मुक्त गरेको छ ।
ध्वजु र भट्टराईले सहकारी ऐन विपरित रित नपु¥याईकन
संस्थाको रु. ६ करोड रकम संस्थाका संस्थापक अध्यक्ष
देवेन्द्र ध्वजुलाई विनाधितो र संचालक समितिको निर्णय
विनानै ऋण दिएकोले उनीहरुमाथी ठगी मुद्धा लगाइएको हो ।
देवेन्द्र पारुका पति हुन् । त्यस्तै अदालतले
धरौटीमा छोडेका संस्थाका संचालक
चारव्यक्ति देवेन्द्रका व्यापारिक
प्रतिष्ठानका कर्मचारी हुन् । संस्थाले सहकारी ऐन विपरित
बुटवल र आसपास क्षेत्रका चारहजार
भन्दा वढी व्यक्तिबाट रु.७ करोडभन्दा वढी निक्षेप संकलन
गरि ध्वजु परिवारले हिनामिना गरेकोले
निक्षेपकर्ताको उजुरीमा प्रहरीले
उनीहरुमाथि ठगी मुद्धा लगाएको थियो ।
तत्कालीन बुटवल फाइनान्सको अध्यक्ष रहँदा रु.३१
करोडभन्दा वढी खराव कर्जा प्रवाहको कारण राष्ट्र
बैंकद्धारा बैंकिङ कसुर अभियोग लागेका देवेन्द्रको विभिन्न
बैंक तथा वित्तीय संस्थामा रहेका सबै सेयर रोक्का राख्न
धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई
पत्राचार भएको थियो । त्यसवेला देखिनै ध्वजु फरार छन ।
बैंक तथा वित्तिय संस्थामा रहेका खाता, शेयर तथा चलअचल
सम्पत्ति रोक्का भईसकेको अवस्थामा हालै अर्थ मन्त्रालयले
देवेन्द्र र उनकी पत्निको राहदानी समेत
रोक्का गरेको जनाएको छ ।

0 comments:
Post a Comment