बैंक लुट्न बाँदरको प्रयोग !

७ साउन, काठमाडौं । बैंकसहितका विभिन्न वित्तीय संस्थाहरुबाट लुटेराहरुले विभिन्न प्रपन्च रचेर दिनदहाडै लाखौ रकम लुटेर भाग्न सफल भएका घटना नौला होइनन् । तर, जंगली जनावरलाई प्रयोग गरेर लुटपाट गर्ने घटना मुलुकमै नौलो हुन सक्छ ।
सुनसरी सदरमुकाम इनरुवामा यस्तै घटना भएको छ । एक मदारीले आफूले चटक देखाउन तालिम दिएर पालेको एउटा बाँदरले सोमबार राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाको चल्ती सटही काउन्टरबाट रकम लुट्ने प्रयास गरेपछि लुटको नयाँ तरिका सार्वजनिक भएको नेपाल समाचारपत्रमा खबर छ ।
सो बैंकमा सोमबार बिहान कार्यालय समयमा एक्कासि प्रवेश गरको एक बाँदरले ५ सय दरको एक बन्डल ५० हजार रुपैयाँ लिएर भाग्ने प्रयास गरेको थियो । कार्यालयमा गएर कलमदेखि विभिन्न सामग्रीलाई परीक्षण गरेको बाँदरले अन्त्यमा चल्ती काउन्टरमा राखेको ५० हजारको बन्डल लिएर भाग्ने प्रयत्न गरेको थियो । बैंकका कर्मचारीहरुले चौतर्फी घेरेर ढोकासमेत बन्द गरेर पक्राने प्रयास गरेका थिए ।
अन्तमा बैंकका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाको क्याबिनमा पसेपछि उनले त्यसलाई पक्राउ गरेर रकम खोसेका थिए । पक्रेको बाँदरलाई बैंक कर्मचारीले नजिकैको चिया पसलमा लगेर विस्कुट किनेर खुवाएका थिए । त्यही चिया पसलमा रहेका बाँदरका गुरु चुपचाप बसेका थिए । अन्त्यमा बाँदरले गुरुको पहिचान गरी छेउमा बसेपछि बाँदर बोकेर उनी भागेका थिए । स्रोतका अनुसार ती मदारीले सोही चिया पसलमा आएर बाँदरको घाँटीमा लागेको पट्टा खोलेर छाडिदिएका थिए ।
Photo: बैंक लुट्न बाँदरको प्रयोग !

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment