संघले देउसी भैलो खेलेर वानपा २ माझकोटमा निर्माण गरेको संघको कच्ची भवनलाई आधुनिक र व्यवस्थित भवन निर्माण सहयोगार्थ सञ्चालित देउसी भैलोवाट शुक्रबार सम्ममा १२ भन्दा बढी संकलन संकलन भएको सघंले जनाएको छ ।
वानपा २ लोकतान्त्रिक चोकदेखि गत सोमवार देखि सञ्चालन गरेको देउसीभैलो उपल्लाचौर, गुठी, नारायणचोक, नौविसेटोल, सिर्जना चोक, धौलागिरीचोक, क्याम्पसचोक, अस्पताल रोड, आवारोड लगायतका क्षेत्रमा खेलिएको सघंले जनाएको छ ।
करिव १ करोडको लागतमा निर्माण गरिने पक्की र आधुनिक भवन यहि वर्ष २ तला निर्माण गरिने बताएको संघले देउसी भैलोवाट १० लाख संकलन गर्ने लक्ष्य राखेको थियो ।
आगामि ९ गतेसम्म सञ्चालन हुने देउसी भैलोवाट यहि गतिमा रकम संकलन भए १५ लाख भन्दा वढि संकलन हुने देउसी भैलो कार्यक्रमका संयोजक एंव नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश वहादुर थापाले बताए ।
0 comments:
Post a Comment