अजय कुमार झा
जनकपुरधाम, साउन ७ ।
माओवादीकोशसस्त्रद्वन्दकोसमयमाज
तत्कालिन संयुक्त सुरक्षा फौजद्वारा पक्राउ
गरि हत्या गरिएका धनुषाका ५
जना युवाको शव परीक्षण पश्चात राष्ट्रिय
मानव अधिकार आयोगले पिडित
परिवारको जिम्मा लगाएको छ ।
जनकपुरको कटैया चौरीबाट २०६० साल असोज
२१ गते पक्राउ गरि हत्या गरेर
धनुषाको गोदारमा शव
गाडिएको आधारमा राष्ट्रिय मानव
अधिकार आयोगले राष्ट्रिय
तथा अन्तराष्ट्रीय
विशेषज्ञको सहभागितामा नेपाल
प्र्रहरीकोे सहयोगमा शवको उत्खनन् २०६७
भदौ, असोज तथा फाल्गुनमा गरि डिएन ए
परीक्षण गरेर यकिन गरि अन्तिम
संस्कारका लागि परिवार जनको जिम्मा आज
दिएको छ ।
आयोृगका निमित्त सचिव वेदप्रसाद भट्टराईले
आयोगको जनकपुर स्थित क्षेत्रीय
कार्र्यालयको सक्र्रियतामा आज शव
बुझाईएको छ ।
जनकपुरको वडा नंं १० को वर्र्ष २४ को सञ्जिव
कुमार कर्ण, वर्ष २३ को दुर्गेस लाभ, वडा नं ४
का वर्ष २१ को मछलि भन्ने जितेन्द्र झा,
कुर्था १ का वर्ष १७ को प्रमोदनारायण मण्डल
र दुहवी ७ का वर्ष १७ को शैलेन्द्र यादवलाई
पक्रउ गरि गैैर न्यायिक हत्या गरेकाले
तत्कालिन सुरक्षा फौैजका प्रमुखहरु
माथि फौजदारी कानून अनुसार
कार्यवाहीको लागि राष्ट्रिय मानव
अधिकार आयोगले शिफारीस गरेको निमित्त
सचिव भट्टराईले बताउनु भयो ।
यसै वीच तत्कालिन
सुरक्षा फौजद्वारा हत्या गरिएका पाँचै
जनाको अन्त्येष्ठी जनकपुरको स्वर्गद्वारमा आज
हिन्दु परम्परा अनुसारर गरिएको छ ।
यस
अघिआयोजनागरिएकोश्रद्धाञ्जलीसभा
एनेकपा माओवादीका महासचिव कृष्ण बहादुुर
महराले घटनामा संलग्न माथि आयोगले
सिफारीस गरेअनुसार कार्यवाही हुनु पर्ने
धारणा राख्नु भयो ।
उहाले द्वन्दको समयमा वेपत्ता बनाईएका १३
हजार व्यक्तिलाई न्याय
दिनका लागि सत्यनिरुपण तथा मेलमिलाप
अआयोगको तत्काल गठनको माग
पनि गर्नुभयो ।
उक्त कार्र्यक्रममा नेकपा–
ओवादीका नेता देवप्रसाद गुरुङ्ग,
माओवादीका नेता मातृका प्रसाद यादवले
पनि वोल्नु भएको थियो ।
सवको परीक्षण राष्ट्रिय ततथा अन्तराष्ट्रीय
स्तरवाट भएको थियो । यस
अघि आयोगद्वारा शव परीक्ष प्रतिवेदन
पत्रकार सम्मेलन गरेर आयोगका निमित्त सचिव
वेदप्रसाद भट्टराईले सार्वजनिक गरेर
हत्यामा संलग्न माथि कार्यवाहीको माग
गर्नु भएको थियो ।


0 comments:
Post a Comment