पुष्पलाललाई वर्षको एक चोटी सम्झेर मात्र हुँदैन्


    प्रेम सुनार
गुल्मी, साउन ७ । नेकपा एमाले गुल्मीका पुराना  नेता एवं पुर्व सांसद कमलराज श्रेष्ठले नेपाली कम्युनिष्टहरुका  संस्थापक नेता पुष्पलाललाई वर्षको एक चोटी सम्झेर मात्र नहुने बताएका छन् ।
    ३६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले गुल्मीले  आयोजना गरेको तम्घास अस्पतालका विरामीहरुलाई  फलफुल वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘ कमरेड पुष्पलालाल नेपालका सम्पुर्ण कम्युनिष्टहरुका प्रणेता हो’–उनले भने–‘ उहाँलाई वर्षको एक चोटी सम्झेर मात्र हुँदैन्, उहाँको विचार र शिद्धान्तलाई सधै  अंगिकार गरी रहे मात्र सार्थक हुने छ ।’ 
     ‘ २००६ सालमा नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको स्थापना गर्नु  भएका कमरेड पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनका मात्र प्रणेता हनुहुन्न  प्रजातान्त्रिक आन्दोलनमा समेत शिर्ष नेता हो, त्यसैले उहाँलाई कम्युनिष्टहरुले मात्र होईन सवैले सम्मान गर्नु पर्छ ’–उनले भने ।
    नेपालमा धेरै कम्युनिष्ट पार्टी खुल्नु नराम्रो कुरा नभएको नेता श्रेष्ठको ठम्याई छ । ‘पुँजीवादीहरुका पनि धेरै पार्टीहरु छन् हामी सर्वहाराहरुको  पनि धेरै कम्युनिष्ट पार्टी हुनु नराम्रो कुरा होईन’– उनले थपे–‘ प्रतिष्पर्धाबाट जुन पार्टीले श्रेष्ठता हाँसिल गर्छ उहि पार्टी कम्युनिष्टहरुको मुलधार मानिने छ ।’ एमालले विहान विरामीहरुलाई फलफुल वितरण र दिउँसो गाउँ कमिटी तह सम्म विविध कार्यक्रम गरेर पुष्पलाल स्मृति दिवस मनाउने जिल्ला सचिव सोमनाथ सापकोटाले बताए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment