एजेन्सी, ११ साउन, कतिपय मान्छेको राती सुत्दा पनि आफ्नो मोबाइल फोन सिरानी मुनि राखेर
सुत्ने गरेको पाइन्छ । कसैकसैले त हेलचेक्राइ गरेर चार्जर समेत जोडेर पनि सिरानी मुनी घुसारेर
सुत्ने गरेको पाइन्छ । मोबाइल फोनमा आएका समस्याले आगलागी, घाइते तथा मान्छेको ज्यानै
समेत जाने गरेको पटक पटक समाचार सार्वजनिक भइ रहेका छन् । मोबाइल फोन बोक्ने सबैले
केही यस्ता कुराहरुलाई ध्यानमा राख्नु जरुरी छ जो आफ्नै सुरक्षाका लागि हो ।
अमेरिकाको टेक्सासमा यस्तै एउटा घटना घटेको छ । एक १३ वर्षीया बालिकाको सामसुङ
ग्यालेक्सी
एस–४ मोबाइल पड्किएको छ । राती सिरानी मुनि घुसारेर सुतेकी उनको मोबाइल फोन अचानक
पड्किएको हो । एरियल टोलफ्री नामकि ति बालिकाले सिरानी मुनी राखेको फोनमा अचानक आगो
लागेपछि मात्रै थाहा पाइन त्यो समयमा उनको मोबाइल र सिरानी, डसना जलिरहेको थियो ।
एरियलले घटना बारे मिडिया र सम्बन्धित कम्पनीलाई जानकारी गराईन ।
कम्पनीले उक्त मोबाइलमा ओर्जिनल ब्याट्री प्रयोग नगरी लोकल ब्याट्री प्रयोग भएकोले यस्तो
भएको
र आफ्नो कम्पनीको मोबाइल एकदम सुरक्षित भएको दाबी गरेको छ । कम्पनीले क्षतिपूर्ति बापत
एरियललाई एक मोबाइल सेट, तकिया, डसना लगायतका जलेका सामान दिने भएको छ ।
कम्पनीले मोबाइल सेटमा प्रयोग हुने समानहरु र सुरक्षाका उपायहरुको बारेमा सेटमै राखिएको
चेतावनी स्टिकर पढ्न र सावधान रहन अनुरोध पनि गरेको छ ।

0 comments:
Post a Comment