कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र

प्रकाशित मिति: , July 07, 27, 2014 
SAMSUNGमाननीय उपप्रधान तथा गृहमन्त्री अनि नेपाली जनताको त्याग र बलिदानबाट स्थापीत जनताको गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेलिनबादीका उपाध्यक्ष बामदेब गौतमज्यू ।
खोई यो पत्र प्रकाशित भए तपाईंसम्म पुग्ला नपुग्ला, तर पनि तपाईका पछिल्ला क्रियाकलापले गर्दा आज सच्चा मातृभूमि प्रति माया गर्ने जो कोही नेपाली अनि दोस्रो संविधानसभाको निर्बाचनमा दुई ठाँउबाट अमूल्य मत दिएर जिताउने नेपाली जनता एवम् एमालेको सिद्धान्तलाई आत्मसाथ गर्ने जो कोही कार्यकर्ताले पनि आज धिक्कारी रहेका होलान् ।
नेकपा–एमालेका पदाधिकारी र बरिष्ठ नेताहरुमध्ये सबैभन्दा पहिला पार्टी सदस्यता लिने नेता भएपनि नेपाली जनताको पक्षमा तपाईंले माखो मार्न सक्नुभएको छैन । मदन–आश्रितको हत्या गिरिजाले गरेका हुन् भनेर सडक तताउने अनी पटक पटक गृहमन्त्रालय सम्हाल्न पूग्दापनि हत्याराको बारेमा गुत्थी पहिल्याउँन नसक्ने तपाई नै हुनुहुन्छ । हालसम्म गरि तीन चोटी गृहमन्त्रालयको बागडोर सम्हाली सक्नुभएको तपाई खाली कर्मचारी तथा प्रहरी सरुवा बढुवामा केन्द्रित हुनुको अर्थ के ? तपाईको खाली प्रहार शान्ती सुरक्षाको क्षेत्रमा अहोरात्र खटिने ती बहादुर नेपाली आमाका सन्तती प्रति किन हुन्छ ? २०५३ सालमा पहिलोपटक गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक पदमा बढुवा भएको ३६ दिनमै अच्युत कृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान बिभागमा सरुवा गरेर धु्रब बहादुर प्रधानलाई महानिरीक्षक बनाउने क्रियाकलाप गरेजस्तै आफनो कर्तब्यनिष्ठमा अडिग रहेर अपराधीप्रति कठोर र ईमान्दार छवी बनाएका प्रहरीलाई प्रोत्साहीत गर्नुको साटो हतोत्साहित गर्ने तपाईं, के प्रहरी संगठन तपाईको निजी सम्पति हो र ? डीआईजीद्वय प्रतापसिंह थापा र विरेन्द्रबाबु श्रेष्ठले तीन करोडको ब्रिफकेस बुझाएका कारण बढुवा सूचिमा पारियो रे आखिर किन ? देशको शान्ति सुरक्षा र अस्तित्वसमेत रहेको विषयलाई पैसा सँग तुलना गर्ने ? हत्याआरोपमा सर्वश्वसहित जन्मकैद सुनाईका ओखलढुङ्गाका एमाओबादी पूर्वसभासद बालकृष्ण ढुङ्गेललाई अहिलेसम्म फेला नपरेको बताउने तपाईं करोडौको ब्रिफकेश कहाँबाट र कसरी फेला पार्नुहुन्छ ? पंचायतकालमा कार्यकर्ताले दिएका ती लोकप्रिय नाम भैरब, चौधरी अनी हलीदाईको पगरी आज बामदेब गौतम ज्युलाई भारि लाग्यो कि क्या हो ?
सत्ता र शक्तिको भरपुर उपयोग गर्न नपाएको झोक अनि २०५४ सालमा खड्ग प्रसाद ओलीसँगको द्वन्द्वमा नेकपा एमालेलाई विभाजन गरी नेकपा माले बनाउँदै पदको डिल गरी महासचिब बनी पुनः एमालेमा फर्किएपनि एमाले पार्टीको साखलाई तपाईंको क्रियाकलापले धमिल्याई रहेको छ । कानुनको संरक्षक बनेर गृहमन्त्रालय सम्हाल्न पुग्नुभएको तपाई नेपाली पोशाकमा ठटिएर रोड डिभाईडर नाँघी नियम कानुनलाई कालो बुटले कुल्चने अनि नेपाली जनतासँग माफी माग्नुको सट्टा नेपाली जनताको वाक स्वतन्त्रतामाथी लाठी बर्साउने । एमाले नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आज जताततै चर्चा भइरहँदा तपाईका क्रियाकलाप प्रति नेपाली जनता किन उदास छन् ? हुन त संसदमा एमालेकै सभासदले शान्ति शुरक्षा कायम राख्न असफल भएको भनेर राजीनामा पनि मागेका थिए । समाचार लेखिएकै भरमा कारोबार दैनिकका कालिकोट संवाददाता रमेश रावललाई कालिकोटका प्रमुख जिल्ला अधिकारीबाट धम्की आएर जिल्ला छोड्नुपर्ने अबस्था आयो । आखिर किन गृहमन्त्री ज्यू ?
भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले सुस्ताका नेपाली जनतालाई कति यातना दिइरहेका छन् यसको बारेमा तपाई जानकार भए पनि केही गर्न सक्नुहुन्न किन ? तपाई आफुलाई सेलीब्रेटी ठान्नुहुन्छ तर भिलेन बनीरहनु भएको छ, तपाईलाई थाहा छैन जसको पछिल्लो उदाहरण उपप्रधान तथा गृहमन्त्रीजस्तो ओहोदामा रहेको ब्यक्तिलाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजको कार्यब्यस्तताको कारण जनाउँदै लामो पर्खाइपछि भारतीय पक्षले अहिले भेट्न नमिल्ने जनाउँदिएर फर्काउँदा पनि आफूमा हिनताबोध गर्नुभएन्, क्या बहादुर तपाईं ।
नेपाली जनतालाई थाहा छ, २०५७ सालमा एकन म्बर भष्ट्रचारी भन्दै टुडिखेलबाट घोषणा गर्ने र पार्टी सदस्य मध्येबाटै अदालतमा समेत मुद्दा हाल्ने प्रक्रियासमेत चलेको थियो । कुनै बेला माओबादीलाई दमन गर्न आतंककारी ऐन ल्याउने अनि त्यसको दोष पखाल्न माओबादी पार्टीमा जान प्रचण्डसँग लबिङ नगर्नुभएको नी होईन । तर एमाओबादीले पनि पत्याएन् । हुन त सुरासुन्दरी काण्डदेखि टिवडेवाला काण्ड अनि बिराटनगरका गिरीथरका कांग्रेसीलाई दुई करोड दिएको घटनासम्ममा बामदेब गौतमकै आखिर किन चर्चा हुने गर्दथ्यो र ?
तसर्थ बामदेव गौतमज्यू तपाईको क्रियाकलापले एमालेको साख गिराउने पक्का छ । तसर्थ जनताको त्याग र बलिदानबाट बनेको यो गौरबशाली पार्टीको गरिमालाई बचाउँनका लागि पनि तपाईले गृहमन्त्रालय त्यागेर गोकर्ण बिष्ट,रबिन्द्र अधिकारी जस्ता युवापूस्तालाई ठाँउ दिन जरुरी छ । जसले गर्दा नेकपा एमालेको लोकप्रियता अझ बढछ् ताकि घट्ने छैन् । देश,जनता,पार्टीभन्दा ठूलो तपाईजति सुकै ओहोदामा रहेनी हुन सक्नुहुन्न,लोकतन्त्रमा जनता मालिक हुन्छन् तपाईमा यो कुराको चेतना भया ।
अर्जुन बराल
हाल दक्षिण कोरिया

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment