प्रेम सुनार,
गुल्मी साउन–७ । गुल्मीका एक जना होनाहर व्याक्तीको पाल्पामा माथीबाट आएको ढुङ्गाले गाडी किचेर ज्यान लिएको एक वर्ष नवित्दै फेरी त्यसै पाल्पामा माथीबाट खसेको ढुङ्गाले किचेर यात्रा गरी रहेका अर्का व्याक्तीको आज ज्यान गएको छ ।
तानसेन–बुटुवल सडक खण्ड अन्तरगत मस्याम गाविसको चरचरेमा वसमा यात्रा गरी रहेका छहरा–२ का गवेरसिंह दर्जीको ज्यान गएको हो । लु १ ख ७४४६ नम्वरको बसमा यात्रा गरी रहेका दर्जीलाई माथीबाट खसेको ढुङ्गाले गम्भीर घाईते बनाए पछि उपचारका लागि तानसेन ल्याउने क्रममा विच बाटो मै उनको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ ।
स्मरण रहोस यसै वर्षयाममा वुटवलबाट आउँदै गरेका निर्माण व्यवसायी संघ गुल्मीका तत्कालिन अध्यक्ष हरिप्रसाद न्यौपानेको पनि त्यसै पाल्पामा आई पुग्दा माथीबाट खसेको ढुङ्गाले गाडी किचेर ज्यान गएको थियो ।
गत वर्षको भाद्र ११ गते उनको ज्यान गएको एक वर्ष नपुग्दै फेरी अर्का व्याक्तीको त्यसरी नै ज्यान जानुले त्यस सडक खण्ड माथी भिरका ढुङ्गाहरुबारे सम्वन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ ।


0 comments:
Post a Comment