प्रेम सुनार
गुल्मी, साउन–७ । छिमेकी जिल्ला अर्खाखाचीको भगवती गासिमा बुधवार चन्द्रकला नाम गरेकी एक महिलाको शव फेला परेको छ । भगवती–४ को तारुभतेरा भन्ने स्थानको माचपोखरीमा डुवेको अवस्थामा सोही गाविस वडा नम्वर २ मडेलचौरकी ४५ वर्षिया चन्द्रकला पन्थीको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानिय समाचार सहयोगी दिपेन्द्र श्रेष्ठका अनुसार ति महिलाको रातो पछ्यौरी र एउटा निलो चप्पल पोखरीको डिलमा रहेको छ भने घाँटीमा मंगल सत्रु र हातमा चुराहरु लगाएकी छन् । घटना स्थलमा आएका अर्घातोष प्रहरी चौकीका हवल्दार चेतबहादुर दहराईका अनुसार शवको प्रकृति हेर्दा गए राती सम्म ति महिला जिवित हुनु पर्ने देखिन्छ ।
के कति समयमा उनि घरबाट हिडेकी थिईन र कसरी मृत फेला परिन् भन्ने विषउमा परिवारका सदस्य सम्पर्कमा नआई सकेकोले अनुसन्धान बाँकी रहेको प्रहरीले बतायो । उनका श्रीमान रामप्रसाद पन्थी रोजगारका लागि भारतमा रहेका छन् । उनका एक छोरा र एक छोरी रहेको बताईएको छ ।


0 comments:
Post a Comment