सरकारी अनियमितता बारे समाचार लेख्दा म यसरी विस्थापित भएँ

  • रमेश रावल
1236006_10202343441159637_7893615176576570311_nम जन्मिएको गृह जिल्लामा बसेर पत्रकारिता गर्ने रहर पुरानो नै थियो । ०७१ सालमा आएर आएर मैले त्यही निधो गरे । जिल्ला फर्के । त्यसै निधो अनुसार आफ्नै विकट पहाडी जिल्ला कालिकोटमा रहेर पत्रकारिता गर्नु एक चुनौतीपूर्ण काम थियो । तिनै चुनौतीपूर्ण काम गर्न म राजधानी छोडेर जेठको द्रोश्रो साता गृह जिल्ला हान्निए । गृह जिल्ला हान्निँदा जुन रहर र उमङ्ग थियो त्यो असारको पहिलो सातामा तुषारापात भयो ।
उसै त कालिकोट विकट पहाडी जिल्ला त्यसैमा पनि त्यहाँको समचार राजधानीमा पठाउनु, समचार लेख्नु, इमेल गर्नु र काठमाडौं पुगेर छापिनु कम्ता ग्राहो बिषयमा होइन् । बिद्युत्त भएको , यमेल इन्टरनेटको सहज पहुँच नभएको ठाउँमा गएर मैले कारोबार दैनिक र त्यहाँ एक स्थानीय पत्रिकामा काम गर्न थाले ।
काम गर्न थालेको केही दिनमा नै समस्याका वाबजुद पनि स्थानीय समचारहरुले काठमाडौंमा प्राथामिकता पाउन थाले । काठमाडौंमा समचारहरुले प्राथामिता पाउन थालेपछि त्यहाँको केहीलाई असह्य पीडा महसुश भयो र कसैलाई निकै राहत भयो । स्थानीयस्तरमा रहेको एकमात्र दैनिक पत्रिका‘हाम्रो कर्णाली खबर’ले विगतका दिनमा पं्रशसाका समचार छापिने गरेकोमा केही फरकपन आउन थाल्यो । त्यसले गर्दापनि त्यहाँका सरकारी कार्यालयहरुदेखि समचारसँग जोडिए सबैजसोमा हलचल नै पैदा गर्यो । शूरुका दिनमा नचिनेकाहरुले बिस्तारै मलाई चिन्दै पनि गए । मलाई चिनाउने अरु केही नभएर त्यही समचारहरु थिए । म जतिको चिनिदै गए । त्यत्तिकै मलाई असुरक्षाको महसुस हुँदै गयो । त्यसैका कारणले मैले त्यहाँबाट बिस्तापित हुनुप¥यो ।
जिल्लामा पहिलो पटक जादा मैले विगतकोभन्दा केही फरकपन देखे त्यही फरकपनलाई समटेर मैले ‘बदलिँदै कालिकोट’ भन्ने शिर्षकमा कारोबार दैनिकमा समचार लेखे । बदलिँदै गएको कालिकोटमा बुझदै जादाँ त्योभन्दा फरकपन देखेँ र त्यसैका बिषयमा समचार लेख्ने प्रण गरे । सायद संयोग पनि त्यस्तै मिलेको हुनुपर्छ असार समान्त सकिदैँ थियो ।
त्यसै सिलसिलामा मैले कालिकोट जिल्ला प्रशासन कार्यालयमा भएको नागरिकता बितरणमा लापरवाही (हाम्रो कर्णाली खबर दैनिक असार १२ गते अंक १७५) भन्ने शिर्षकमा समचार छापियो । त्यो छापिएको केही दिनमा नै मलाई सिडियो किशोरकुमार चौधरीले आफ्नो कार्यालयमा बोलाए । त्यसले पंचायतकालको झल्को दिलाए । पंचायतकालमा कुनै बिषयमा समचार लेख्दा अंचालाधिशलाई सोध्नुपर्ने उनकै आदेशमा समचार लेख्नुपर्ने दिनको याद गरायो । उनले सिडियो कार्यालयमा बोलाएर यसरी हकारेकी जसको अहिले बयान गरी साध्य छैन् । त्यहाँ उपस्थित रहेका अन्य मान्छेहरु नै सिडियो पक्षधर भए किनकी समचार साच्चै भन्ने सत्य थियो प्रमाणका आधारमा गरिएको थियो । मलाई सिडियो उल्टै नक्कली नागरिकता बनाउने गिरोहको नाइके भएको र त्यो गिरोहको मानिस फेला परेकोले छोड्न नमिल्ने जिकिर गरे ।
त्यसको केही दिनपछि जेठ ८ गते कारोबार नै २४ जिल्लामा आर्थिक अनियमता शिर्षकको समचार कारोबार दैनिकमा छापिएको थियो । त्यो समचार पनि मैले नै लेखेको बताउँदै जिल्ला विकास समितिका योजना अधिकृत र जिविसका लेखापालले यो समचार भ्रामक भएको यो कहाँबाट कसरी लिनुभयो त्यसको जानकारी दिन भने मैले त्यसको सिधै इन्कार गरे ।
मैले लगत्तै जिल्ला सदरमुकामस्थित बजारको सडक तिन पटक कागजमा कालोपत्रे भएको सडकको काम बल्ल शुरु भनेर समचार लेखे त्यसले त्यहाँ ठेकेदार अन्यलाई निकै अप्ठयारो पार्यो । त्यस्तै मैले लेखेका समचारहरु ‘खाद्यन्नभन्दा बढी रक्सी बिक्रि’ (हाम्रो कर्णाली खबर दैनिकमा), ‘न्यूनतम सर्तमापनमा नौ गाविस फेल’ (कारोबार दैनिक असार ३१ अंक १८४), ‘रकम सक्न रातारात काम (असार २९ कारोबार दैनिक अंक १८१)’ , महिला विकास रकम भ्रष्टाचार भएको भन्दै, जिल्ला प्रशासन कार्यालय घेराउँ हाम्रो कर्णाली खबर दैनिक)
’ र तिन पटक कालोपत्रे भएको सडक असार समान्तमा हाम्रो कर्णाली खबर दैनिक) , कालिकोट ३० रुपैयाँ बढी लिएर रिचार्ज कार्ड बिक्रि (जेठ ३० कारोबार दैनिक अंक १५६)मा जस्ता समचार लेखे लगायतका समचार लेखे पश्चात त्यहाँ बस्न असहज हुदैँ गयो र त्यस्तै मैले शान्ति समितिको रकम हिनामिना(असार २९, कारोबार दैनिक अंक १८१) भन्ने समचार छापिएपछि त्यहाँ बस्न झनै असहज हुन थाल्यो । यी समचारसँग जो जति जोडिएका थिए । तिनीहरु मेरो गल्तीको पर्खाइमा थिए र मलाई पैचो लैजाने दाउपेचमा थिए । ती सबै कारणले म असुरक्षाको महसुस गर्दै थिए । असुरक्षाको महसुश गरिरहेको बेलामा नै त्यसैबेला बिश्वकप फुटबल अन्तिम खेल हरेर फर्किदै गर्दा एक जना आफन्तले मलाई फोन गरेर तिमीलाई केही अपरिचित मानिस तिम्रो खोजिगरिरहेको बताए । त्यसभन्दा पहिला पनि केही कल मेरो फोनमा आएका थिए । आफन्तको फोनबाट त्यसो बताएपछि म झनै डराए । ती आफन्तले खोजी गरिरहेको कसले हो किन हो भन्नेबारे केही बताएनन् । पहिला देखि नै एकातर्फ डर लागिरहेकोले यसरी मध्यरातमा खोजी गर्नुको अर्थ खोजी गर्दै म आफै असार ३० गतेको बिहानीपख जिल्लाको सदरमुकाम छाडेर हिडेँ ।
सदरमुकाम छोडेर हिड्दा मसँग ३० रुयैयाँ मात्र खल्तीमा थियो । जिल्लाबाट सुर्खेत जाने भनेर हिडेको म जितेगडा बजारमा पुग्दा घरबाटको फोन आयो । मैले सवै कुरा बताए । पैसा लैजान घर हिडेँ । एक रात घरमा नै बसेपछि भोलिपल्ट एक जना काकाले दिएको अलिकति पैसा र ५ हजारको चेक लिएर हिडे । घरबाट हिडेको बेलादेखि नै मेरो मेरो यात्रा कता हो कहाँ जाने पत्तो थिएन् । बाटोमा हिँड्दै गर्दा मलाई याद आयो झसङ्ग सम्झिए आफुले काम गर्ने कारोबार दैनिकमा जानकारी दिनुपर्यो फोन गरे कार्यालयबाट त्यसो गर्न काठमाडौं आउन भनियो । म काठमाडौं आउनलाई हिडेँ । बाटो लाग्दादेखि नै भरीले सतायो । बिचबाटोमा धेरै समय पर्खिनु पर्यो । डोटीमा आउदाँ मसँग भएको पैसा सकिसकेको थियो । चेकबाट पैसा निकाल्दा आएन । त्यहाँ दुई दिन रोकिएपछि दिपेन्द रावलको पहल दिपेन्द्र चलाउने र छक्क लामाको पहलमा केही पैसा पाए । अनि काठमाडौंसम्मको यात्रा गर्न सम्भव भयो । विकट पत्रकारिता गर्नु र त्यहाँको स्थानीयस्तरमा समचार हुने भष्ट्राचारको समचार लेख्नु फलाम च्युरा चपाउँनु सो सरह रहेछ ।
काठमाडौं पुग्दासम्म सुन्दैछु, सत्य घटनालाई मोड्न अरु नै आरोप लगाइदैँछ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment