महेश बोहरा
गुल्मी असार ३२
यस्तै आज गुल्मी जिल्लाको तुराङ गा.बि.स. लाई पनि बिषेश कार्यक्रमका बिच खुल्ला दिशामुक्त,बिद्युतको पहुच भएको, र जेष्ठ नागरिगको सम्मान गा.बि.स. घोषणा गरिएको छ । गा.बि.स. सचिव लोकनाथ पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा नारायण प्रसाद काप्mलेको प्रमुख आथित्यता रहेको थियो । जिवन खनालको बिषेश आथित्यता रहेको कार्यक्रममा अथितीहरु पूर्व जि.बि.स. सदस्य चेतन बस्नेत, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी रमेश कुमार भण्डारी, एमाले जिल्ला कमिटी सदस्य प्रेम नारायण पराजुली, एमाआबादीका बामुराम बोहरा, राप्रपा अध्यक्ष बसन्त पाण्डे, नेकपा माओबादीका कृष्ण बि.क. लगायत रहनुभएको थियो । कार्यक्रम निकै उल्लास पूर्ण बातावरणमा सफल रुपमा सम्पन्न भएको जिवन फुल्देलले रेडियो गुल्मीलाई जानकारी दिनुभयो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment