गुल्मी जिल्लाका बिभिन्न आठ गा.बि.स. हरु आज एक साथ खुल्ला दिशामुक्त घोषणा

 महेश बोहरा

 गुल्मी असार ३२ गुल्मी जिल्लाका स्थानिय बिकाश अधिकारीको गाउ ग्वादीमा अन्य गा.बि.स. को तुलनामा बेग्लै रौनकताका साथ आज खुल्ला दिशामुक्त गा.बि.स. घोषण गरिएको छ । हजारौँको संख्यामा सहभागी घोषणा सभामा कुनै पनि राष्ट्यि कलाकारलाई निम्ताउनु परेन। स्थानिय मौलिक सँस्कृति नौमती बाजा र भजन मण्डलीहरुले सारालाई नचाहेका छन । यस्तै ग्वादी माध्यमिक बिद्यालयका बिद्यार्थीहरु र अन्य स्थानिय बासीले मारुनी नाच, सोरठी, सालैजो र झाम्रे गीत गाएर दिनै भरि भरपुर मनोरञ्जन दिएका थिए । हजारौ रुपैयाँ खर्च गरेर राष्ट्यि कलाकार ल्याइने तर आप्ःनै मौलिक सँस्कृति वेवास्ता गर्न गा.बि.स हरुका लागी ग्वादी गा.सब.स.ले चुनौती दिएको छ ।घोषण सभामा स्थानिय सँस्कृतिको जर्गेना अनुसरणीय भएको नेपाल पत्रकार महाँ सघंका अध्यक्ष नवराज भुसालले बताउनु भयो ।प्रमुख अथिती स्थानिय बिकाश अधिकारी हरी प्रसाद ज्ञवालीले आप्ःनै जन्मभुमि ग्वादी गा.बि.स. खुल्ला दिशामुत्रक्त घोषणा गर्न पाउदा गर्व महसुश भएको बताउनुभयो । आज ग्वादी गा.सब.स.ले खुल्ला दिशामुक्त,पूर्ण साक्षर, पूर्ण बिद्यार्थी भर्ना र धुवा रहित चुलो गा.बि.स घोषणा गरेको छ । २०४८ साल देखी तयारी गरिएको ग्वादी गा.बि.स सचिव बेद बहादुर कुँवरले बताउनु भयो । त्यसका लागी कुल ७ लाख ४७ हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । गुल्मी क्षेत्र नम्बर २ को ग्वादी गा.बि.स. धार्मिक क्षेत्र कालीगण्डकी र रुद्रावतीले छोएको गा.बि.स. हो । १४ वर्ग किलोमिटर क्षेत्रफल रहेको ग्वादी गा.बि.स. मा ६ सय ४४ घरधुरीमा ३ हजार ९ सय २४ जनसंख्या रहेका छन । वलेटक्सार, रुरु, थानपती, क्षेत्र नम्बर १ को अस्लेवा र स्याङजा जिल्लाको सन्धीभन्ज्याङ गा.बि.स.को बिचमा रहेको ग्वादी गा.बि.स. धार्मिक स्थानका रुपमा चिनिन्छ । खुल्ला दिशामुक्त ४२ औँ गा.बि.स.को रुपमा घोषणा भएको र पूर्ण साक्षर २० औँ र घरभित्रको चुलो ११ औँ गा.बि.स. का् रुपमा घोषणा गरिएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता संवन्य समितिका अध्यक्ष रमेत रहेका स्थानिय बिकाश अधिकारी हरि प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका श्रोत ब्यक्ति बामदेव ज्ञवालीको बिषेश आथित्यता रहेको थियो । घोषणा सभामा नेपाली काग्रेसबाट बिष्णुकुमारी सापकोटा, नेकपा एमालेबाट सचिव सोमनाथ सापकोटा, एनेकपा माओबादीबाट यदु ज्ञवाली, राप्रपा अध्यक्ष भरत बहादुर चन्द,राष्ट्यि जनमार्चाका जिवन राना, नेकपा माओबादीका विर बहादुर कार्की, नेकपा एकिकृतका पुर्ण बहादुर थापा, नेपाल पत्रकार महा सघंका अध्यक्ष नवराज भुसाल,गुल्मी उद्योग वाणिज्य सघंका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, गैर सरकारी महा सघंका अध्यक्ष बिष्णु प्रसाद भण्डारी,रेडियो गुल्मीका साहयक स्टेशन म्यानेजर प्रेम सुनार, सञ्चारिका समुहकी अध्यक्ष गगनशिला खड्का लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा स्थानिय बासीको तर्फबाट नेपाली काग्रेसका देबेन्द्र मल्ल, एमालेका ज्ञान बहादुर ज्ञवाली, एमाओबादीका माधव ज्ञवाली, दलित प्रतिनिधी कर्ण बहादुर बि.क. लगायतले मन्तब्य राखेका थिए । ग्वादी गा.बि.स. सचिव बेद बहादुर कुवरको अध्यक्षता रहेको कार्यक्रममा ग्वादी उपस्वास्थय चौकीका इन्चार्च जिवलाल घिर्मिरेको स्वागत मन्तब्य र पत्रकार सञ्जिवनी अर्याल र शिक्षक चुरामणी बरालको सञ्चालन रहेको थियो । यसै बिच आजै जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता संवन्य समिति गुल्मीले एकै साथ ८ वटा गा.बि.स. खुल्ला दिशामुक्त गा.बि.स. घोषणा गरेको छ । गुल्मीको ग्वादी, पराल्मी, तुराङ, जुनियाँ, आपचौर, पुर्तिघाट, बम्घा र बासँकटेरी गा.बि.स. खुल्ला दिशामुक्त लगायत बिभिन्न बिदामा घोषणा गरिएको स्थानिय बिकाश अधिकारी हरि प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । साथै ग्वादी गा.बि.स.को कार्यक्रमको रेडियो गुल्मीले आज दिउसो करिब २ घण्टा प्रत्यक्ष प्रसाण समेत गरेको थियो ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment