प्रेम सुनार
गुल्मी, साउन–१५ । विभिन्न कार्यमा अनियमित्ता गरेको आसंकामा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीमा अख्तीयार अनुसान्धान आयोगले आज छापा मारेको छ । झण्डै चार घण्टा भन्दा बढि समय सो कार्यालयमा विताएर पर्किएको अख्तीयारको तोया शर्मा लगायतको टोलीले त्यस कार्यालयको कागज पत्र समेत जफत गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले अनियमित ढंगले काजमा कर्मचारीहरु राखेको नियम विपरित औषधी खरिद गरेको, कर्मचारी नियुक्तीमा पनि प्रकृया मिचेको र अन्य विभिन्न कुराहरुमा समेत व्यापक अनियमित्ता गरेको आशंकामा कागज पत्र जफत गरी लगेको टोली प्रमुख शर्माले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
0 comments:
Post a Comment