प्रेम सुनार
गुल्मी, साउन– १५ । गुल्मी क्षेत्र नम्वर ३ का पाँच वटा माध्यामिक विद्यालयलाई पचास लाख मुल्य वरावरको सोलर आई पुगेको छ । वैकल्पीक उर्जा पर्वद्धन केन्द्र काठमाण्डौबाट वाग्ला माध्यामिक विद्यालय वाग्ला, भगवती उच्च माध्यामिक विद्यालय वाग्ला, निन्युखर्क माध्यामिक विद्यालय हाडहाडे, म्यालपोखरी माध्यामिक विद्यालय म्यालपोखरी, र रामराज्य उच्च माध्यामिक विद्यालय दोहलीका लागि सोलर आएको हो ।
प्रति विद्यालय पाँच किलो वार्डको उक्त सोलरको मुल्य १० हजार पर्ने नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाले बताए । उनका अनुसार उक्त सोलर ३ नम्वर क्षेत्रका सभाषद गोकर्णराज विष्टको पहलमा ति विद्यालयलमा आएको हो ।
सोलर जडान भए पछि ति विद्यायलका विद्याथीहरु कम्युटर कक्षमा सहभागि हुन पाउने भएका छन्
0 comments:
Post a Comment