प्रेम सुनार
बैदेशिक रोजगारमा जानको व्यस्तताले गर्दा जिल्लामा लामो समय कुरेर एमआरपी राहदानी लिनेहरु भन्दा काण्माण्डौंबाट लिने गुल्मेलीहरु बढि देखिएका छन् । जिल्ला प्रशासन कार्याय गुल्मीले गत आर्थिक वर्षमा गरेका प्रगति विवरणले यस्तो देखाएको छ ।
जिल्ला प्रशासनले आर्थिक वर्ष २०७० ÷० ७१ को अषाढ मशान्त सम्म कुल १३ हजार १ सय ८३ जनाको सिफारिस गरेकोमा ६ हजार ५ सय ७९ जनाले मात्र जिल्लाबाटै राहदानी लिएका छन् भने द्रुत सेवा मार्फत काठमाण्डौंबाट ६ हजार ६ सय ४ जनाले लिएका छन् ।
यसबाट नेपाल सरकारले बढि राजश्व संकलन गरे पनि जिल्लाको राजश्व भने कमी देखिने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । प्रशासनमा राजश्वको मुख्य श्रोत भनेको राहदानी हो’–उनले भने–‘ राहदानीको काम त हामीले नै गरेको हो तर काठमाण्डौबाट लिनेहरुले गर्दा यहाँको राजश्व कम देखिन्छ । ’
गत वर्ष जिल्ला प्रशासनले अघिल्लो वर्षको तुलनामा एक करोड भन्दा बढि राजश्व संकन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले दिएको विवरण अनुसार गत वर्ष प्रशासनले ३ करोड ३४ लाख ८० हजार ४ सय ७५ रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्ष २ करोड ६८ लाख ७२ हजार ६ सय ९१ रुपैयाँ राजश्व संकलन भएको थियो ।
गत वर्ष नागरिकता बनाउनेको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष गाउँ गाउँमा घुम्ती शिविर राखेर १३ हजार २ सय ८७ जनालाई नागरिकता दिलाएको थियो भने गत वर्ष १२ हजार २ सय ८ जनालाई नागरिकता दिलाएको छ । प्रशासनले गत वर्ष २ थान हतियार नामसारी गरेको छ भने २१ नविकरण गरेको उसको कार्य विवरणमा उल्लेख छ । उसले अषाढ मशान्त सम्म परेको २४ मुद्धा मध्ये १७ वटा फैसला गरेको छ ।
प्रशासनमा ठाडो उजुरी १७६ वटा परेका थिए । गत वर्ष मा.प. से. कार्बाहीमा ७२ जना परेको प्रशासनले बताएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा नाता प्रमाणीत १८ जनाको गरेको, ६१ जटा संस्था दर्ता भएको, २४ पटक वजार अनुगमन र बेरुज सुपरिवेक्षण गरेको लगायतका कार्य प्रगतीहरु प्रशासनले सार्वजानिक गरेको छ ।
उसले वर्षभर दैविप्रकोप पिडित १ सय ६४ जनालाई कुल ७ लाख ३ हजार रुपैयाँ राहत वितरण गरेको छ । त्यस्तै द्धन्द्ध पिडित ५९ जनालाई २१ लाख ९८ हजार ५ सय ७३ रुपैयाँ वितरण गरेको उल्लेख छ । त्यसका अलवा कार्य प्रगतीमा नदेखिने कैयौ कामहरु प्रशासनले गरेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले दावि गरे ।


0 comments:
Post a Comment