तम्घासमा म्याद नाघेको मिट मसला जफत


  प्रेम सुनार
गुल्मी, साउन–९ ।   जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा आज गरेको वजार अनुगनमका क्रममा ठुलो परिणाममा  म्याद नाघेको मिट मसाला  जफत गरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीको नेतृत्वमा भएको वजार अनुगमनले तम्घासका ठुला पसलहरुबाट उक्त वस्तु अखाद्य भएको भन्दै जफत गरिएको हो ।
   त्यस्तै वजार अनुगमनका क्रममा तम्घासका केहि मासु पसललेहरुले फ्रिजमा नराखी मासु बेच्ने गरेको पाईएको छ । दिनै भर मासु खुल्ला राख्ने जसले गर्दा  झिंगा भन्कीने र  दुर्घन्ध आउने हुँदा तत्काल सुधार गर्न लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले भोली देखि त्यसरी पाखै राखेर बेचेको पाईए उक्त मासु खोलामा बगाई दिने चेतावनी समेत दिएका छन् ।
    कतिपय किराना पसलेहरुले फलफुल र तरकारी पनि बेच्ने गरेको प्रति प्रशासनले उक्त कार्य तत्काल बन्द गर्न लगाएको छ । कि तरकारी र किराना पसले दुई दर्ता गर्ने अन्यथा किराना पसलले तरकारी राख्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले सुझाव दिएका छन् ।
   विगतको तुलनामा अन्य खाद्य वस्तुमा भने त्यस्तो केहि फेला परेको छैन् । पटक पटक प्रशासनको अनुगमन र व्यवसायी स्यंम पनि सचेत बन्दै गए पछि तम्घास बजारमा सुधार आएको छ । अनुमन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पन्थी, गुल्मी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रहरीहरु र पत्रकारहरुको तर्फबाट यसै समाचारदाता सहभागी थिए ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment