टोपलाल अर्याल
श्रावण १४, गुल्मी
असार मसान्त सकिए पछि अहिले जिल्लाका प्राय
सरकारी कार्यालय सुनसान छन् । तर
जिल्ला शिक्षा कार्यालय गुल्मीमा भने यो नौलो होइन । सधै
जसो सुनसान नै हुन्छ, कार्यालयमा सोध्यो भने अधिकांश
कर्मचारी फिल्ड भएको उत्तर आउँछ । बिद्युतको लाइन
गयो भने गुल्मी प्राधिकरणले बुटवल र
पाल्पाको बिचमा बिग्रियो भन्नु तथा शिक्षाका कर्मचारी खोइ
भन्दा जिल्ला शिक्षा कार्यालयले फिल्डमा भन्नु
उनीहरुको थेगो जस्तै भएको छ ।
बुधबार जिल्ला शिक्षा कार्यालय गुल्मी सुनसान थियो ।
कार्यलयका अधिकाशं
कार्यकक्षमा पुग्दा कोठामा रहेका धेरैजसो कुर्सीहरु खाली नै
थिए । जिल्ला शिक्षा कार्यलय
गुल्मीका प्रमुखको कोठा अगाडी झुण्ड्याइएको नेम
प्लेटमा दिनेशकुमार श्रेष्ठ भित्र भनेर लेखिए पनि भित्र
जिल्ला शिक्षा अधिकारीको कुर्सी खाली थियो ।
कार्यलयमा केही बिद्यालय निरिक्षकहरु, कर्मचारी प्रशासन
शाखाका कर्मचारी, लेखापाल , पियन बाहेक अन्य
कर्मचारी कोही पनि नभेटिएपछि सेवा लिन आएका सेवाग्रहीहरु
समेत अलमलमा परेका थिए ।
कार्यलयमा केही सुचना लिनका लागि शिक्षा कार्यलयमा पुगे
समेत कार्यलय प्रमुख तथा सुचना अधिकृत
नभएपछि रित्तो हात लिएर फर्कन बाध्य भएका थिए ।
त्यस्तै कार्यलयका शाखा अधिकृत हरिलाल अर्याल
पनि कार्यलय बाहिर रहेको जानकारी कार्यलयले दिएको छ ।
शाखा अधिकृत अर्याल आज कार्यलयमा अनिवार्य हाजिर
हुनुपर्ने जनाइएको छ । तर हाजिर हुनुपर्ने भएपनि उहाँ आज
कार्यलय आउनु भएको थिएन ।
जिल्लाका अधिकाशं सरकारी बिद्यालयहरु बर्षे बिदा छन् ।
तर जिल्ला शिक्षा कार्यलय गुल्मीले भने फिल्डको काम भन्दै
धेरैजसो कर्मचारीलाई फिल्ड काज बनाएर
बिदा दिएको कार्यलयको हाजिरीमा उल्लेख छ ।
यसरी जिल्लाका बिद्यालयहरु बन्द हुनु र
जिल्ला शिक्षा कार्यलय गुल्मीले भने फिल्डको काम देखाई
फिल्ड काज बनाउनुले शिक्षा कार्यालय गैरजिम्मेवार
जस्तो देखिन्छ ।
यता भदौ ४ गते जिल्ला शिक्षा कार्यलय गुल्मीका काम लिए
मन्त्रालय र बिभाग काठमाडौ पुगेका कार्यलय प्रमुख श्रेष्ठ
अझै पनि जिल्लामा फर्किएका छैनन ।
जिल्ला शिक्षा अधिकारले निमित्त दिएका दिपेन्द्र ढकाल
पनि आज अर्कालाई निमित्त छोडेर बाहिर जानुभएको छ ।
जिल्ला शिक्षा अधिकारी दिनेश कुमार श्रेष्ठले कार्यलयका उ
सचिव दिपेन्द्र ढकाललाई निमित्त छाडेर
गएको भएपनि निमित्तले पनि निमित्त छोडेर
गएपछि जिल्ला शिक्षा कार्यलय गुल्मी बिद्यालय
निरिक्षकको भरमा रहेको छ ।
ढकालले बिद्यालय निरिक्षक रेश्मीराज अर्यालला
जिल्ला शिक्षा कार्यलय गुल्मीको निमित्त कार्यल
प्रमुखको जिम्मेवारी दिएका हुन
पछिल्लो समयमा जिल्ला शिक्षा कार्यलय गुल्मी
जिल्लाका दरवन्दीको अवस्था समेत सार्वजनिक गर्
आनाकानी गरेको जनगुनासो बढेको छ ।

0 comments:
Post a Comment