छ दिन देखि हराएका महिला र पुरुषको शव नदी किनारामा


पाल्पा: विगत छ दिनदेखि बुटवलबाट हराई रहेका महिला र पुरुष एक एक दिनको अन्र्तरालमा मृत अवस्थामा खोला किनारमा फेला परेका छन् । महिला र पुरुष मध्ये पुरुष १० किलो मीटर पर र महिलाको लाश सो भन्दा माथि एक दिन पछि फेला परेको प्रहरीले जनाएको छ । 
महिलाको लाश फेला गरेको स्थानमा उनीहरु सवार मोटर साईकल समेत क्षत बिक्षत अवस्थामा खोला र आसपासमा टुक्रै टुक्रा भएको अवस्थामा फेला परे पछि उनीहरु सवार मोटरसाईल दुर्घटना भएका कारण मरेको हुन सक्ने अनुमान प्रहरीले लगाएको छ । 
साउन ९ गते देखि बुटवलबाट हराएका एक महिला र पुरुष मध्ये पुरुष रुपन्देही मोतिपुर २ विवासी २७ बर्षका तोरणबहादुर थापा दोभान ४ सिसुवा खोलामा मंगलबार साझ मृत अवस्थामा भेटिएका थिए भने उनी संगै रहेकी महिला बुटवल नगरपालिका–१, मा डेरा गरी बस्ने वर्ष २२ की पुष्पा भन्ने चनमति विक बुधवार साझ मस्याम–४, खोला किनारमा मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निज थापा र बिक सवार भएको लु. १७ प. ३०८५ नम्वरको मोटर साईकल क्षत बिक्षत अवस्था बुधवार महिलाको लाश संगै भेटिएको थियो । उनीहरु एका एक हराए पछि जिल्ला प्रहरी कार्यालय पाल्पालाई उनको परिवारले खोज तलास गरी पाउँ भनि निवेदन दिएका आधारमा निजहरुको खोजी भइहरेको र खोजीका क्रममा एकाएक मंगलबार अपरान्ह ३ बजेको समयमा थापा र बुधवार साझ मस्याम ४ को गौडेपुल तल खोलामा मोटर साईकलका टुक्रा र नम्वर प्लेट संगै महिलाको लाश भेटिए पछि उनीहरु सवार मोटर साईकल खोलामा खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
साउन ९ गते उनीहरु सवार भएको मोटर साईकल सडक देखि खोलामा खस्दा पुरुष तारण बहादुरलाई खोलाले बगाएर दोभान सिसुवामा लगेको र महिलाको लाश सोही स्थानमा रहेको हुन सक्ने अनुमान लगाईएको छ । प्रहरीका अनुसार महिला र पुरुषका लाश क्षत बिक्षत अवस्थामा थिए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment