चिनियाँ रेल ६ वर्षपछि नेपालमा जोडिने

२०७१ साउन ९ गते 
china-rel
९ साउन, हङकङ । नेपाल, भारत र भुटानी सीमासम्म रेल कुदाउने चिनियाँ सपना चाँडै पूरा हुने भएको छ ।
ल्हासा हुँदै सिगात्से आइपुगेको यो रेलमार्ग ६ वर्षभित्र नेपालको सीमाक्षेत्र केरुङ जोड्ने चीनले औपचारिक घोषणा गरेको नागरकि दैनिकमा खबर छ ।
मंगलबार १४ औ ट्रयाकको परीक्षणपछि ल्हासा-सिगात्से रेलमार्ग निर्माण पूरा भएको जनाउ दिँदै चीन सरकारले बुधबार आफ्नो वेबपेजमार्फत २०२० भित्र यसलाई नेपाल, भारत र भुटानको सीमासम्म विस्तार गरिने जानकारी दिएको छ ।
‘ल्हासा-सिगात्से २ सय ५३ किमि रेलमार्ग निर्माण मंगलबार सम्पन्न भएको छ, अगस्टबाट रेल सञ्चालनमा आउनेछ,’ तिब्बत रेलवेका उपप्रमुख याङ युलिनलाई उद्धृत गर्दै चीन सरकारको वेबसाइट जिओभी डटसिएनले लेखेको छ, ‘चीनले १३ औं पञ्चवर्षीय योजना (२०१६-२०२०) भित्र सिगात्सेबाट दुईवटा रेल लिंक विस्तार गरिनेछ । नेपालको सीमाक्षेत्र केरुङ र भारत तथा भुटाको सीमाक्षेत्र यादुङसम्म पुग्नेछ ।’
चीनको स्वशासित प्रदेश तिब्बत सरकारका प्रमुख लोसान जमकानले गत वर्ष ल्हासामा मुख्य सचिव लीलामणि पौडेलसँगको छलफलमा ल्हासा-सिगात्से खण्ड पूरा भएपछि नेपालको सीमाक्षेत्र केरुङतिर रेलमार्ग विस्तार गरिनेबताएका थिए । तिब्बत रेलमार्ग केरुङसम्म विस्तार गर्ने योजना औपचारिक रुपमा पहिलोपटक सार्वजनिक भएको हो ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment