एयर एल्जेरियाको विमान मालीमा दुर्घटनाग्रस्त भेटियो, ११६ को मृत्यु

९ साउन, काठमाडौं । १ सय १६ जना सवार एयर एल्जेरियाको विमान मालीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
चालकदलका ६ सदस्यसहित १ सय १६ जना यात्रु लिएर बुर्किना फासोबाट अल्जेरियाको राजधानी अल्जेरियर्सका लागि उडेको विमान उठेको ५० मिनेटपछि सम्पर्क विहिन भएको थियो । आँधी आएको भन्दै चालकले रुट परिर्वतनको सूचन दिएका थिए ।
विमान बुर्किना फासोको सीमाबाट ५० किलोमिटर पर मालीको एक गाउँमा दुर्घटनाग्रस्त अवस्था फेला परेको सेनाले जनाएको छ । एएच ५०१७ को विमानमा फ्रान्सका ५१, बुर्किनेवका २४, लेवनानका ८, अल्जेरियाका चार, लग्जमबर्ग दुई तथा बेल्जियम, स्विजरल्याण्ड, नाइजेरिया, क्यामरुन, युक्रेन र रोमानियाका एक–एक जना सवार रहेको समाचार संस्था रोयटरस्ले जनाएको छ । चालक दलका ६ सदस्य भने स्पेनी नागरिक रहेका थिए ।
विमानमा सवार सबैको मृत्यु भएको छ । यात्रुहरुको शव पूर्ण रुपमा जलेको तथा विमानका अवशेषहरु छरिएको अवस्थामा भेटिएको एपीले जनाएको छ । फ्रान्सेली लडाकु विमान तथा संयुक्त राष्ट्रसंघको हेलिकप्टरले मानव अवशेषको खोजी गरिरहेका छन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment