पहिरोले लियो १ नेपाली सहित ५ भारतीयको ज्यान

नेपाल जापान डट कम सम्बाददाता-

आइतबार राति भारतको धार्चुलामा पहिरो जाँदा एक नेपालीसहित छ जनाको ज्यान गएको छ। अर्का एक नेपाली घाइते भएका छन्। पिथौरागढ जिल्लाको पांगला बयालघारमा पहिरोले पुरिएर बैतडी जिल्ला मठैराज गाविसका सोभान सिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
landslide
घाइते हुनेमा बेलापुर–९ डडेल्धुराका राजेश खड्का रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। भारतीय व्यापारी सुरेन्द्रसिंह बोहराको सामान लगेर मालपा जाँदै गरेको अवस्थामा दार्चुला सदरमुकामसँगै रहेको धार्चुलाबाट ३२ किलोमिटरको दूरीमा रहेको बयालघारमा माथिबाट पहिरो आएर उनीसँगै रहेका अन्य पाँच भारतीय नागरिकको मृत्यु भएको हो।
पहिरोमा परी एक दर्जन भारतीय घाइते भएको भारतीय प्रहरीले जनाएको छ। भारतीय पक्षले कालापानीसम्म सडक विस्तार गरिरहेकाले दुई-तीन वर्षयता त्यहाँ नियमित पहिरो आउने गरेको छ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment