अरु २९ जनालाई पनि पक्राउ :
सुर्खेत जिल्ला प्रहरी कार्यालयले बालिकालाई बलात्कार गरी पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । विसं २०६६ साउन १ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका साटाखानी–४ का रमेश चपाई भन्ने दुर्गाप्रसाद चपाईलाई जिल्ला अदालत सुर्खेतले २०६६ चैत २० गते चार वर्ष कैद सजाय सुनाए पछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चपाईलाई आइतबार नै जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए । ‘‘पछिल्लो समय हामीले लामो समयदेखि फरार अभियुक्तहरु पक्राउ गर्न सफल भएका छौँ”–उनले भने ।
कैद सजाय सुनाइसकेर पनि फरार रहेका २९ जना अभियुक्तलाई पछिल्लो एक महिनाको अवधिमा पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । जिल्लामा अदालतले सजाय तोकिसकेका तर फरार रहेकाको सङ्ख्या ९६७ रहेको प्रहरीले बताएको छ । तीमध्ये पनि ६ जना मरिसकेको र १०० जना नेपालमा नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


0 comments:
Post a Comment