गुल्मी, साउन–१४ । वर्षयाम सुरु भए लगत्तै गुल्मीका दर्जनौं गाविसमा यातायात सेवा ठप्प हुँदा जनता महँङ्गीको मारमा परेका छन् । महँङ्गीको मार संगै सदरमुकाम आतेजाते गर्दा दुई तिन दिनको पैदल यात्राको सास्ती समेत भोगेका छन् । क्षेत्र नम्वर १ को शान्तिपुर सम्म यातायात सेवा सुचारु भए पनि त्यस क्षेत्रको कुर्घा आँपचौर लगायतका गाविसमा हिउँद सम्म सञ्चालन भएका यातयातहरु असारको १५ गते याता ठप्प छन् । तम्घास रातडाँडा ईन्द्रगौंडा मोटरबाटो बन्द भए पछि अर्लाङ्गकोट, वामी, कुर्घा, आँपचौरका जनता सदरमुकाम आवत जावत गर्दा पैदल आउने गरेका छन् । खानेपानीको समस्या लिएर सदरमुकाम आएका कुर्घा–४ खानेपानी उपभोक्ता समितका अध्यक्ष सुरेशचन्द्र अर्याल हिडेर आएको बताए । उनि संगै आएका अर्का समाज सेवी रामप्रसाद अर्यालले गाडी जान छाडे पछि गाउँमा उपभोग्य वस्तु दोव्वर जस्तै बृद्धि भएको गुनासो गरे । उता तम्घास बडागाउँ, मुसिकोट , पौदी अमराई नेटा, दर्लिङ्ग हवाङ्गदी मोटरबाटोमा गत असार देखि गाडी गुड्न छाडे पािछ त्यस भेगका जनता महँङ्गीको मारमा परेका छन् । तम्घासबाट रातडाँडा सम्म जिप जाने र उता ईन्द्रगौडा सम्म नजाने भए पछि बडागाउँ १ र २ का जनतालाई जन श्रमदानमा उतारेर मोटर बाटो मर्मतको प्रयास गरे पनि सम्भव नभएको बडागाउँका समाज सेवी हरिप्रसाद छन्त्याले बताए । ‘ असार २० सम्म एकादुई सम्म जिप जान्थे र केहि सजिलो भएको थियो’–नेटा दर्लिङ्ग उच्च माविका प्र.अ. तेजबहादुर सुनारले भने–‘ त्यस यता तम्घास आउन दुई दिन लाग्छ र महंङ्गी पनि गाउँमा बढेको छ । ’ उनका अनुसार असारको पहिलो साता सम्म सवै भन्दा सस्तो चामल प्रति किलो ३५ रुपैयाँमा पाईन्थ्यो भने अहिले ४५ रुपैयाँमा बेच्ने गरिएको छ । अन्य नुन तेल लगायतको उपभोग्य वस्तुमा पनि मुल्य बृद्धि भएको छ । यता तम्घास, दर्लामचौर, दोहली, ईस्मारजस्थल, छापाहिले, घमिर, सिमिलटारी, धुर्कोट, पुर्कोट र पारी नयाँगाउँ, पिपलधारा हाडहाडेमा जिपहरु सञ्चालन भए पनि चालकहरुले मनपरी भाडा लिने गरेका छन् । जोखिम पुर्ण कच्ची सडकमा छतमा समेत प्रशस्त यात्रु राख्ने गर्दा दुर्घटना हुने चिन्ता समेत बढेको छ । तम्घास सिमलटारी सडकमा यात्रा गर्ने जनताहरु हिउँदको दोब्बर भाडा तिर्न बाध्य भएका छन् । घमिर फुलवारीका समाज सेवी वालुगिरीले हिउँदमा १ सय ८० रुपैयाँ रहेको जिप भाडा अहिले तिन सय सम्म लिने गरिएको छ । सामन्य झोलको समेत गुण्टा सरहको भाडा लिएर यात्रुहरुको ढाड सेकिएको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल संग सम्पर्क राख्दा लिखित उजुरी आउनु पर्ने बताए । ‘तपाईलाई स्थानियले भनेर मात्र हुँदैन ढकालले भने–‘म कहाँ कसैबाट उजुरी नै आएको छैन् , उजुरी दिन लगाउनुस् हामी कार्बाही गछौं । ’ यहाँका ठुलाखाले यातयात व्यवसायीहरु जिल्लाका सवै संयन्त्रको नजिक हुने भएकोले पनि यहाँका सानाखाले व्यवसायीहरु मात्र धान खाने मुसो चोट पाउने भ्यागुतो भने झैं भएको गुनासो गर्दछन् । नियम अनुसार भए नभएको प्रशासन स्यंमले अनुगमन गरेर निर्धारित भडा दर लागु गराउनु पर्नेमा जनतालाई लिखित उजुरीको झण्झड दिन नहुने स्थानिय समाज सेवीको दुखेसो छ ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment