सर्वसाधरणबाट घुस लिन खोज्नेले माफी मागे


  प्रेम सुनार ।
गुल्मी साउन १५ ।  गुल्मीको रेसुङ्गा नगर पालिकाको एक टोलमा  पठाईएको सरकारी पोल वितरण गर्दा  एक  समाज सेवी भनिनेले घुस लिन खोजेको खुलसा भएको छ ।  रेसुङ्गा नगर पालिका वडा नम्वर–६, साविकको अर्खले–१ ठुला चेक्मीका  मोतीलाल मरासीनीले घुस लिन खोजेको खुलसा भएको हो । उनले  माथी बुझाउनु पर्छ भन्दै  प्रतिपोल ५ हजारका दरले घुस लिने अभियान गाउँमा चलाएको मावाईल रेकर्ड मार्फत  सुईको पाए पछि  आज गाउँवासी उत्रिएर उनलाई  सार्वजानिक माफी मागाएको भेलाका  सहभागिले बताए ।
 नेपाली कांग्रेसका कृष्ण मरासनी, नेकपा एमालेका गोपाल सुनार, एकिकृत नेकपा माओवादीका रामप्रसाद मरासनी लगायत स्थानिय राजनैतिक दलका नेताहरु र महिला समुहको भेलामा  मरासनीले एक जना कामदार मार्फत  दुई जना महिलाहरु संग पेश्की स्वरुप केहि रकम  समेत लिएको खुलेको छ ।
   उनले एउटै नाम थर भएका स्थानिय महिला लक्ष्मी मरासनी मध्ये एउटी संग ४ हजार र अर्की संग १ हजार ४ सय रुपैयाँ कामदार मार्फत लिएको स्वीकार गर्दै उक्त रकम  सम्बन्धितलाई बुझाउन लगाएका थिए ।  सो  कुरा माथी नबढाउने गाउँमैं गुपचाप पार्ने  भन्दै  मरासनीलाई माफी माग्न लगाएर छाडेको भेलामा सहभागि एकले बताए ।
  ‘के गर्ने यस्ता डर लाग्दा कुराहरु अझै पनि गाउँ मैं गापचुप पार्ने चलन हटेको छैन्  ’ उनले भने –‘कतै सुईको नदिने भनेका छन तर त्यसो गर्दा समाजमा यस्तो प्रबृद्धिले बढवा पाउने हुँदा  सचित गर्दै छु ,नाम भने गोप्य राखी दिनु होला । ’
   यस समाचारको आधिकारिक पुष्टाईका लागि नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरी संग सम्पर्क राख्दा उनले पनि गल्ती गर्ने ब्याक्तीले पैसा फिर्ता गरेको र माफी मागेर सल्टाईको जानकारी आफुलाई आएको बताए ।
     ‘पोल  गाडे पावत  एक पैसा लिन पाईदैन्  हामीले ठेकेदार माफर्त गराउँ छौं, हामीले तोकेको ठेकेदार लेखबहादुर कार्की हो उनका केटाहरुले त्यस्तो गल्ती गरेका रहेछन् , माफी माग्नै पर्छ’–चौधरीले भने ।
  उनका अनुसार त्यस अर्खलेमा सवै गरी १ सय २५ वटा पोल गएका छन् । त्यस चेक्मी गाउँमा मात्र के कति पोल गएका छन् भन्ने कुराका लागि भने उनले फाईल नै हेर्नु पर्ने बताए । अर्खलेको यो घटनाले सिंङ्गो जिल्लाभर सरकारी विद्युतका पोल वितरण गर्दा समाजका सिमित मानिसहरुले राजनैतिक जस लिन र सर्व साधरणबाट गोप्य रुपमा रकम समेत लिने चलखेल गर्दो रहेछन्  कुराको खुलसा भएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment