प्रेम सुनार
गुल्मी, साउन ६ । आर्थिक वर्ष २०७०÷०७१ मा गुल्मी जिल्लामा झण्डै १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालेले दिएको जानकारी अनसार गत श्रावण महिना देखि असार मसान्त सम्म गुल्मीका विभिन्न कार्यालयमा गरी कुल ११ करोड ९९ लाख १९ हजार ६ सय ५४ रुपैयाँ राजस्व संकलन भएको छ ।
गुल्मी जिल्लामा यति ठुलो मात्रमा राजस्व संकलन भएको यो पहिलो हो ।
त्यस कार्यालयका प्रमुख कोष नियन्त्रक शिवप्रसाद पन्थीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा सवै भन्दा बढि राजस्व कोष तथा लेखा नियन्त्रक कार्यालयले संकन गरेको छ ।
उसले मदिरा पसल दर्ता , नविकरण र त्यसको करबाट ५ करोड ४६ हजार ७ सय ५४ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले ३ करोड ९६ लाख ११ हजार ६ सय ७५ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै मालपोत कार्यालयले ८२ लाख ४५ हजार ५ सय ७१ रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला विकास समितिले ३६ लाख ७४ हजार राजस्व संकलन गरेको छ । त्यस्तै जिल्ला ट्राफिक कार्यालयले सवारी कार्वाहीबाट १८ लाख ४० हजार १ सय रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालयको राजस्व संकलन परिणाम भने निरासा जनक देखा परेको छ । उसले जम्मा १४ हजार ९ सय ५९ रुपैयाँ राजस्व संकलन गरेको प्रमुख कोष नियन्त्रक पन्थीले बताए ।
अन्य कार्यालयबाट समेत गरी उक्त कुल राजस्व संकलन भएको र यो उत्साह जनक रहेको उनको भनाई छ । जिल्लामा मदिरा दर्ता र नविकरण कर्ता बढेर ६ सयको हाराहारीमा पुगेको उनले बताए । यता जिल्ला प्रशासनले गत वर्ष अवैध हतियार नियन्त्रणका लागि सार्वजानिक सुचना जारी गर्दै हतियार नियन्त्रणको कार्वाही चलाएको थियो । त्यसबाट र एमआरपी राहदानीबाट उसले त्यति ठुलो रकम राजस्व संकलन गरेको बताईन्छ ।

0 comments:
Post a Comment