मनखत लाग्दो पुलको रकम फ्रिज गयो ’


प्रेम सुनार
गुुल्मी, साउन ६ । जिल्ला विकास समिति गुल्मीबाट गत वर्षको फ्रिज रकम मध्ये पुल निर्माणका लागि आएको रकम सबै भन्दा मनखत लाग्दो रकम फ्रिज भएको स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको भनाई छ ।
‘ जिल्लाका ५ वटा पुल निर्माणका लागि आएको २० लाख भन्दा बढि रकम फ्रिज जानु सवै भन्दा मनखत लाग्दो रकम हो’–स्थानिय विकास अधिकारी ज्ञवाली भने–‘समयमा काम हुन नसक्दा उक्त रकम फ्रिज गयो । ’ उनका अनुसार आर्थिक वर्ष २० ६९÷०७० वाट सुरु गरिएको जिल्लाका पाँच वटा झोलुङ्गे पुल गत वर्ष सम्पन्न भएका छन् ।
भुवाचिदी ग्वादीका चौर झालुङ्गे पुल, जैसीथोक नयाँगाउ जोड्ने फुल्दीघाट झोलुङ्गे पुल , सिमीचौर र अर्घाखाँची जोड्ने राङ्गवास फेदी ट्रस पुल, वलिथुम पराल्मी जोड्ने खौवाखोला झोलुङ्गे पुल र हवाङ्गदी अर्खवाङ्ग जोड्ने झोलुङ्ग पुल यस वर्ष सम्पन्न भएका हुन् ।
अव यस चालु आर्थिक वर्ष देखि जिल्लाका अरु पाँच वटा झोलुङ्गे पुल निर्माण कार्य सुरु गरिने स्थानिय विकास अधिकारी ज्ञवालीले जानकारी दिए । उनका अनुसार आँपचौरको ग्वादीखोलामा झोलुङ्गे पुल निर्माण कार्य सुरु हुने छ ।
त्यस्तै मरभुङ्गको हुल खोलामा , ठुलोलुम्पेकको पात्लेखोलामा, अस्लेवा लिम्घा जोड्ने स्याङ्गघाट र शान्तिपुरको भुग्दी खोलामा झोलुङ्गे पुल निर्माण हुने छ र अर्को आर्थिक वर्षमा सम्पन्न भई सक्ने छ । यसरी झोलुङ्गे पुलका लागि परेको २० औं लाख रकम फ्रिज हुनुमा ठेकेदार पक्षबाट बेलैमा पुल निर्माण सामाग्री नआनु रहेको स्थानिय विकास अधिकारीको भनाई छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment