२ साउन, काठमाडौ । नेपालबाट सन् २०१५ नोभेम्बर २० भित्र हस्तलिखित राहदानी विस्थापित गर्ने प्रक्रिया कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले २०१५ नोभेम्बर २० अर्थात २०७२ मंसिर १४ भित्र विश्वभर मेसिन रिडेबल पास्पोर्ट लागू गरिसक्ने निर्णय गरेको छ ।
नेपालमा भने परराष्ट्र मन्त्रालय र विदेशमा रहेका नेपाली नियोगवीच तादात्म्य नमिल्दा, राहदानी विभागमा दक्ष जनशक्तिको अभाव, करारका कर्मचारीमाथि निर्भरता, अार्थिक अभावलगायतका कारण तोकिएको मितिमा हस्तलिखित राहदानी विस्थापित गर्न कठिन हुने देखिएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
परराष्ट्र मन्त्रालयले विदेशस्थित नियोगमा नेपालीहरुको यकिन तथ्यांक संकलन गरी पठाइदिन पत्राचार गरिसकेको छ । विभिन्न मुलुकमा हस्तलिखित राहदानी प्रयोगकर्ता नेपालीको यकिन तथ्यांक संकलन हुन नसक्दा समस्या भएको छ । हस्तलिखित राहदानी विस्थापित गर्न अब १५ महिना बाँकी छ ।
पराराष्ट्र मन्त्रालय राहदानी विभागका महानिर्देशक रमेश खनालले विदेशमा रहेका नेपालीको यकिन तथ्यांक पाएको खण्डमा आईकाओले दिएको समयभित्र हस्तलिखित राहदानी विस्थापित गर्न सकिने बताए । विभागमा विदेशमा रहेका विभिन्न नियोगमार्फत दप्रतिसाता ६ देखि ७ हजारसम्म राहदानी बनाउन निदेशन आउने गरेको छ ।

0 comments:
Post a Comment