गुल्मी प्रहरीका काम सन्तोषजनक


शिबलाल सुबेदी
गुल्मी ५ साउन, जिल्ला प्रहरी कार्यलय गुल्मीका कामहरु
सन्तोषजनक पाइएको छ । आर्थिक बर्ष २०७१÷०७१
मा जिल्ला प्रहरी कार्यलय गुल्मीबाट गरिएका मुख्य मुख्य
कामहरुको जानकारी गराउनका लागि सोमवार गरिएको पत्रकार
सम्मेलन गुल्मी प्रहरीले गरेका कामहरु सन्तोषजनक
भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीले जिल्ला अदालतबाट कैद
तथा जरिवाना तोकि फरार अपराधि घोषित भएका ७७ जनालाई
पक्राउ गरि अदालत पेस गरेको जनाएको छ । त्यस्तै १७
हजार १ सय ४० लिटर घरेलु मदिरा बरामद गरि नष्ट
गर्नुका साथै जिल्लामा भएका जघन्य अपराधहरु मध्ये
जवरजस्ती करणी मुद्धा १७, अन्य सगींन मुद्धा २२ मध्ये
सम्पूर्ण प्रतिवादीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन
सफल भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलय
गुल्मीका प्रमुख प्रहरी नावय उपरिक्षक राजकुमार लम्सालले
जानकारी दिनुभएको छ । जिल्ला प्रहरी प्रमुख
लम्सालका अनुसार यस आर्थिक बर्षमा जम्मा १ सय ७६
वटा मुद्धा दर्ता भएको र यो सख्या अघिल्लो आर्थिक
बर्षभन्दा यस बर्ष २५ ले बढी रहेको बताइएको छ । साथै
प्रहरीले यस बर्ष
जिल्लामा बढ्दो आत्महत्या तथा महिला हिसां लैगिंक भेदभाव
न्युनिकरण गर्नका लागि जिल्लाका ३ वटा निर्वाचन
क्षेत्रका बिभिन्न स्थानहरुमा जनचेतनामुलक कार्यक्रमहरु
समेत सञ्चालन भएका थिए । प्रहरीले ३ वटै निर्वाचन
क्षेत्रको अपराध बिश्लेषण गरि बढी घटनाहरु
भएका गाविसहरुलाई केन्द्रबिन्दु बनाएर गैडाकोट, बलेटक्सार,
रिडी, जोहाङ, पुर्कोटदह, धुर्कोटबस्तु
मरभुङको सिमलटारी बजार
लगायतका स्थानहरुमा आत्महत्या र महिला हिसां सम्बन्धित
जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो ।
गुल्मी प्रहरीले असार १३ गते जिल्लाको दोहोली गाविस ५
स्थित किराखोरा भन्ने स्थानमा स्थानीय बिष्णु बहादुर
बि.कको घरबाट इङल्याडमा बनेको रिभल्वर १ थान र
सो को गोली १२ राउण्ड बरामद गरि ३ जनालाई
मुद्धा चलाएको समेत जनाएको छ ।
यस्तै प्रहरीले नियम बिपरित सवारीका साधनहरु चलाउने
सवारी साधनहरुलाई पनि ठुलो सख्यामा कारवाही गरेको छ ।
यसरी कारवाही पर्नेहरुमा ५ सय ४८ ट्रकबाट ९१ हजार १७
रुपैया, १ हजार ७ सय ९१ बसबाट २ लाख २४ हजार ५ सय
रुपैया , ४ हजार ४ सय ३४ कार जिपबाट ७ लाख ३ हजार ३
सय ५० रुपैया यस्तै ३ हजार ५ सय ४३ मोटरसाईकलबाट ५
लाख ९१ हजार ५ सय ५० रुपैया र १ हजार ७१
वटा ट्याक्टरबाट १ लाख ६८ हजार ४ सय गरि १७ लाख ७९
हजार ४ सय ५० रुपैया जरिवाना कारी राजश्व सकंलन
गरेको जनाएको छ । यसरी नियमि बिपरित सवारीका साधनहरु
चलाएर अघिल्लो आर्थिक बर्षमा १२ लाख रुपैया मात्र सकंलन
गरेको जिल्ला प्रहरी कार्यलयले यस अघिल्लो बर्षभन्दा ५
लाख बढी सकंलन गरेको हो ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीले ८ जना प्रहरीहरुलाई
कारवाही समेत गरेको पत्रकार
सम्मेलनमा जानकारी गराएको छ । कारवाहीमा १ सई, ३ असई
२ हवल्दार २ जवान र १ परिचर रहेका छन । उनीहरुलाई
प्रहरी रेर्कडमा देखिने गरिनै
कारवाही गरिएको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले
कार्यक्रममा बताउनुभयो । त्यस्तै गुल्मीमा यस आर्थिक
बर्षमा जिल्ला प्रहरी प्रमुख सहित ५२ जना प्रहरीहरु
पुरस्कृत समेत भएका छन ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment