साउनको पहिलो सोमबार रेसुङ्गामा घुँईचो


शिबलाल सुबेदी
गुल्मी ५ साउन । लामो समयदेखि रेसुङ्गामा लाग्दै
आएको साउने मेला यस बर्ष पनि लागेको छ । साउन १
गतेदेखि लागेको साउने धार्मिक १ महिने
मेला साउनको पहिलो सोमबार श्रद्धालु
भक्तजनहरुको घुइृचो लागेको छ ।
साउनको पहिलो सोमबार भएकाले
पनि रेसुङ्गामा पुजाआजा गर्न जाने हिन्दु धर्मालम्बीहरु
बिहानैदेखि तम्घासबाट रेसुङ्गामा उक्कालो लागेका थिए ।
साउन महिनाको पहिलो सोमबार हिन्दू धर्माबलम्बी महिलाहरुले
आजका दिनलाई भगवान शिवको पूजा आराधना गरी मनाउने
गर्दछन । बिशेष गरि साउनको सोमबार
शिवको पूजाआजा गर्दा मनोकाÔा पूरा हुने विश्वासका साथ
बिहानैदेखि महिला दिदीबहिनीहरु रेसुङ्गामा पुगेर
शिवको पूजाआजा गरेका थिए । साउनको पहिलो सोमबार
भएकाले आज
रेसुङ्गामा महिला दिदीवहिनीहरुको बाक्लो उपस्थिती रहेको रेसुङ्गा सरक्षण
समितीका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिनुभयो ।
हामीले चार धाम मध्येको एक धामका रुपमा रहेको धार्मिक
स्थल रेसुङ्गामा अघिल्ला बर्षहरुमा भन्दा फरक तरिकाले
धार्मिक कार्यक्रमहरु दिनहुं सञ्चालन गरेकाले पनि यहा अहिले
श्रद्धालु भक्तजनहरुको बढी उपस्थिती हुने गरेको छ अध्यक्ष
भुसालले भन्नुभयो । आजबाट बोलबम मेला पनि शुरु भएको छ ।
बोलबम मेला शुरु भएसगै रेसुङ्गा क्षेत्रमा रहेको शिवालय
मन्दिरमा पुजा गर्न तथा यहां रहेका शिवलिङ्गमा जल
चढाउनेहरुको पनि भिड लाग्ने गर्दछ ।
रेसुङ्गा क्षेत्रमा रहेको पोखरीमा स्नान गर्नका लागि साउन
महिनाभर भिडभाड बढ्ने भएकाले यस
क्षेत्रमा सुरक्षा ब्यवस्था समेत मिलाइएको छ । यहां गुल्मी ,
अर्घाखाची, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु,
बाग्लुङ्ग, दाङ्ग, प्युठान, लगायत देशका बिभिन्न जिल्लाहरु र
भारतबाट समेत मानिसहरु यहां आउने गर्दछन । धार्मिक
मेला लाग्ने साउन महिनामा धक्तजनहरुको ठुलो उपस्थिती हुने
भएकाले पनि यहा वास बस्न चाहनेहरुका लागि खाना र
वासको ब्यवस्था रेसुङ्गा विकास समितीले गरेको छ । बिहान
वेलुका नित्य जप ,होम ,रुद्धी अन्य पाठ पुराणहरुको वाचन
गर्ने गरिन्छ यो क्षेत्र धामिक हिसावले पश्चिमाञ्चल क्षेत्रमै
महत्वपुणर््ा धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित
रहेको छ । रेसुङ्गा धार्मिक तथा पर्यटकिय क्षेत्रमा मात्र
नभएर सास्कृतिक , ऐतिहासिक ,पुरातात्विक , वन वन्यजन्तु र
जैविक विविधतामा क्षेत्रमा पनि उत्तिकै महत्वपुर्ण
क्षेत्रको रुपमा समेत चिनिदै आएको छ । हरेक वर्ष श्रावण
महिनाभर र
कार्तिकको ठुला एकादसी तथा हरिबोधनी एकादशी र
हरिशयनी एकादशी का दिन हजारौ श्रद्धालु
भक्तजनहरुको रेसुंगा क्षेत्रमा घुइँचो लाग्ने गदर्छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment