पशुपति शर्माको विवादास्पद गीत बन्द गर्ने घोषणा

२०७१ साउन ८ गते 
pasupati sharma 2
८ साउन, काठमाडौं । लोकगायक पशुपति शर्माले ‘केको बाहुन, केको कामी, केको जनजाति’ बोलको आफ्नो तीज गीत बन्द गरेको घोषणा गरेका छन् । शर्माको गीतको दलिय समुदाय र आदिवासी जनजातिबाट चर्को विरोध भएको थियो ।
सामाजिक सञ्जाल र केही संघ संस्थाले गीतबारे गरेका टिकाटिप्पणीले गीतलाई बहाना गराएर सामाजिक सदभाव बिथोल्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै गायक शर्माले गीतको सार्वजनिक प्रयोग बन्दको घोषणा गरेका हुन् ।
शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्-’हामी नेपाली हौं’ बोलको तीज गीतले कसैको आत्मसम्मानमा ठेस नपुगोस् भन्दै सार्वजनिक प्रयोगमा बन्द गरेको जानकारी गराउदछु । साथै यो गीतको व्यवसायिक प्रयोग समेत बन्द गरिएको अवगत गराउन चाहन्छु ।’ यसअघि शर्माले अनलाइनखबरसँगको कुराकानीमा पनि आफू दलित समुदायको सम्मानमै गीत बनाएको बताएका थिए ।
गीतको केही शब्दप्रति आपत्ति जनाएको र हटाउन आग्रह गरेकाले सम्मान गर्दै गीत नबजाउने निर्णय गरेको शर्माले बताएका छन् । उनले भनेका छन्-’वास्तवमा मैले उल्लेखित गीत कुनै पनि समुदाय र जातजातिको मानमर्दन गर्न प्रकाशित गरेको नभई समाजिक कुरीति बिरुद्ध लक्षित गरेको थिए ।’
आफू विशुद्ध कलाकार भएको र हरेक क्षेत्रका श्रोता र दर्शकको मायामा मात्र अघि बढ्न सक्ने भन्दै उनले भनेका छन्-’यहाँहरुकै चाहना र भावनाको कदर गर्दै सम्पूर्ण सञ्चार माध्यम र डिजिटल प्रविधिमा बन्द गरिएको प्रष्ट्याउँन चाहन्छु ।’

Pashupati-sharma

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment