टोपलाल अर्याल
श्रावण ८, गुल्मी । नेकपा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको तर्फबाट बोल्ने अधिकाँश वक्ताहरुले गुल्मीका सरकारी कार्यालयहरु नेपाली काङग्रेसको कार्यकर्ता भर्ति गर्ने भर्तिकेन्द्र जस्तो भएको बताएका छन ।
एमाले सभासद दिलशोभा पुनले संविधान सभामा निर्बाचित भएपछि महिनामा एक पटक आफ्ना कार्यकर्ता संग भेटघाट गर्ने कार्यक्रम अनुसार एमाले पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै नेपाली काङग्रेसका कर्मचारी जिल्लाबाटै जागिर खाएर जिल्लाबाटै पेन्सन निस्कन्छन, अरु पार्टीका कर्मचारी एकाएक सरुवा भएका छन् निजामति कर्मचारी संगठनका एक नेताले भने हाम्रो पार्टी र नेता निरिह जस्तै बनेका छन् । साथै उनीहरुले नेपाली काङग्रेसका नेता योजनाका फाइल बोकेर काठमाण्डौ धाउँदा आफ्ना नेताले सदरमुकाम नछोड्ने प्रवृतिको पनि चर्को आलोचना गरेका थिए । सदरमुकाम बसेर प्रतिपक्षको बिरोध गर्ने तर काममा उदासिन बन्ने प्रवृतिले गर्दा एमालेले गरेको काममा प्रतिपक्षले जस पाएको भन्दै समयमै सजक हुन नेतृत्वलाई आग्रह गरेका छन् ।
सोहि अवसरमा नेकपा एमाले गुल्मी क्षेत्र नं ३ का सभासद तथा एमाले नेतृ दिलशोभा पुनले जनताको विकास निमार्णको काम संगै महिला मैत्री संविधान बेलैमा जारी गर्न आफु लागी परेको बताउनु भएको छ । सभासद जिल्लामा आउँदा जनताका धेरैखाले आशा हुन स्वभाविक भएको बताउँदै सभासद पुनले संविधान बनेपछि मात्रै जिल्लामा विकास निमार्णको ओइरो लाग्ने भएकाले आफुहरुको ध्यान विकास निर्माण संगै संविधान सभामा रहेको बताउनु भयो ।
त्यस्तै भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला उपसचिव बालसिह काउछाले नेपाली काङग्रेसले सरकारको नेतृत्व पाउन बित्तिकै सर्वोसत्ताबाद लाद्न खोज्ने नराम्रो बानी बसालेको बताउनु भयो । भर्खरै काजमा सरुवा गरिएका जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत लोक नाथ मरासीनीको प्रसङ्ग कोट्याउँदै नेपाली काङग्रेसको सर्वोसत्ताबादको सक्कलीरुप देखिएको भनाई राख्नु भयो ।
साथै सोहि अवसरमा बोल्दै अनेरास्वावियु गुल्मीका सचिव राजेन्द्र बिक्रम कुवंरले एक दुई व्यतिको प्रयासले पार्टी संगठन बलियो नहुने बताउनु भयो । पार्टी कार्यालयमा बस्ने र नेतृत्व गर्ने व्यतिmले मात्र सवै काम गर्नुपर्छ भन्ने धेरैको बुझाई छ, कुवंरले भन्नुभयो यो प्रवृति गलत हो सवैको मेहेनतले पार्टी बन्छ । भेटघाट कार्यक्रममा नेकपा एमालेका जिल्ला स्तरिय नेता तथा कार्यबर्ताहरुको सहभागिता रहेको थियो ।


0 comments:
Post a Comment