लुकमारी खेल्ने क्रममा फ्रिजभित्र जमेर दुइ बालिकाको मृत्यु

नेपाल जापान डट कम सम्बाददाता-
पश्चिमी रूसको नोवगोरोड ओब्लास्ट क्षेत्रमा शुक्रवार आफ्नै हजुरआमाको घरमा रहेको एक पुरानो फ्रिजभित्र फसेर दुइ बालिकाको ज्यान गएको छ | आफ्नो हजुरआमाको घरमा लुकमारी खेल्ने क्रममा ४ वर्षीय अन्या लोउश्किना र उनकी ६ वर्षीय दिदि विका लोउश्किना उक्त पुरानो फ्रिजभित्र लुक्न पसेका थिए, जहाबाट उनीहरु बाहिर निस्किन नसकी ज्यान गुमाउन बद्ध्य भए |
Anya-Loushkina-Vika-Loushkina-MAIN
स्थानीय प्रहरी प्रवक्ता मोनिका एर्शोवाका अनुसार उनीहरु लुकमारी खेल्ने क्रममा उक्त फ्रिज भित्र लुक्ने निर्णय गरि त्यस भित्र त पसे तर ढोका लक् भएको कारण भित्र बाट बाहिर निस्किन सकेनन | उक्त समय उनीहरुको हजुरआमा जो घरायसी अन्य कार्यमा व्यस्त थिइन् उनले आफ्ना नातिनीहरु लुकमारी खेल्नमा भुलेको हुँदा उनीहरुलाई बाधा पुर्याउन चाहिनन | जब धेरै समय सम्म उनीहरुलाई आफ्नो आँखा अगाडी देखिनन् तब उनले ति दुइ बालिकालाई खोज्न थालिन | तर जब उनले आफ्ना नातिनिहरुलाई उक्त फ्रिज भित्र फेला पारिन, तब धेरै ढिला भैसकेको थियो |
Anya-Loushkina-Vika-Loushkina
शुक्रवार ति बालिकाका आमाबाबुले आफ्ना छोरीहरुलाई उनीहरुको हजुरआमाको घरमा छाडेर आफ्नो बाहिरी काम गर्न गएको बुझिएको छ | अन्या, २७ वर्षकी कटेरिना लोउश्किनाकी एक मात्र सन्तान थिइन् जो आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल गएकी थिइन् | अर्को तर्फ उनकी दिदि ३२ वर्षीय एलेना लोउश्किनाको भने विका बाहेक अन्य ३ छोराहरु रहेको बताइएको छ |


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment