दुबईमा गुल्मी सेवा समाज युएईद्धारा तीजको कार्यक्रम गरिने


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जांदा माइती घरमा दहर खाने, रातो साडी र हरियो छड्के तिलहरी लगाएर तीजको गीतमा छमछम्ती नाच्नका लागि युएईस्थित कार्यरत दिदीबहिनीहरुमा उत्साह निकै बड्दो देखिन्छ । युएईको सन्दर्भमा हेर्ने हो भने युएईस्थित क्रियाशिल संघ संस्थाहरुद्धारा नेपालबाट चर्चित कलाकारहरुलाई बोलाएर विभिन्न स्थानमा लगभग सात वटा तीजको कार्यक्रम आयोजना गरिने भएका छन् ।

्त शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा गुल्मी सेवा समाज युएईले विविध रंगारंग मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ “तीज बिशेष सांझ २०७१” आयोजना गरिने भएको छ । सो बिशेष अवसरमा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको साथमा अतिथि कलाकार चर्चित गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मन्जु पौडेलको वेजोड प्रस्तुतिहरु प्रस्तुत गरिने भएको हो ।
गुल्मी जिल्लाको बम्घा गाविसमा जन्म भई हाल काठमाण्डौमा बसोबास गर्दै आएकी चर्चित गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मन्जु पौडेल गुल्मी सेवा समाज युएईको निमन्त्रणामा पहिलो पटक दुबईमा आउने भएकी हुन । मन्जु पौडेललाई स्टेज क्वीन भनेर पनि चिनिन्छ भने आफ्नै एल्वम “सिआरबीटी” बाट चर्चा कमाउन सफल भएकी थिइन् । लोक पप, लोक दोहोरी र तीजको गीतहरु गाउने गायिका पौडेलको अन्य लोकप्रिय एल्वमहरुमा “सिआरबीटी”, “झिलीमिली झ्याई”, “आकाशैमा झुल्क्यो जुन तारा” र धेरै तीजका गीतहरु रहेका छन् ।
यस “तीज बिशेष सांझ २०७१” कार्यक्रम आयोजना गर्नको लागि एउटा छुट्टै समिति समेत बनाएको छ । जसमा क्रकशः संयोजकमा लक्ष्मण भण्डारी, उपसंयोजकमा गोपाल कुंवर, महिला संयोजकमा सीता केसी, महिला उपसंयोजकमा सविता आचार्य, सांस्कृतिक विभागमा होमनाथ कुंवर, प्रचारप्रसारमा मानबहादुर कुंवर, र व्यावस्थापनमा कृष्ण गौतम, केशव ज्ञवाली, रमेश भण्डारी, लक्ष्मण अर्याल र मिनप्रसाद भण्डारी रहेका छन् ।
सन् २०११ मा स्थापना भएको गुल्मेलीवासीहरुको साझा संस्था गुल्मी सेवा समाज युएईले आपतविपतमा परेका प्रवासी नेपालीहरुलाई उद्धार गर्नुका साथै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै परम्परागत चाड पर्वहरु पनि मनाउदै आएका छन् । यस कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्नका निम्ती गुल्मी सेवा समाज युएईका अध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण भण्डारीले युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई बिशेष आग्रह समेत गरेको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment