फेसबुकको च्याट बन्द हुदै



एजेन्सी । सामाजिक सञ्जालको लोकप्रिय साइड फेसबुकबाट च्याट गर्ने बानी लागेको छ ? त्यसो भए तपाईका लागि नराम्रो खबर–अब मोबाइलबाट च्याट गर्ने सुबिधा तपाईले पाउनुहुने छैन ।



केही समयपछि नै यो सुबिधा विश्वभरका मोबाइल एप्सबाट हटाउने भएको छ । त्यसो त युरोपका प्रयोगकर्तालाई फेसबुकले यसअघि नै यस्तो व्यवस्था गरिसकेको थियो । तर, अब भने विश्वभरकै प्रयोगकर्ता यसबाट प्रभावित हुने भएका छन् ।

एप्सभित्र च्याट बन्द भएपनि चिन्ता मान्नुपर्दैन । फेसबुकमा रहेका साथीहरुसँग च्याट गर्न फेसबुकले एउटा अर्को एप्स ल्याएको छ । म्यासेन्जर नामको यो एप्सबाट मात्र अब फेसबुकका साथीहरुसँग च्याट गर्न पाइनेछ ।

फेसबुकले वक्तव्य जारी गर्दै अबका केही दिनमा नै फेसबुक म्यासेज पाउन पठाउन म्यासेन्जर एप डाउनलोड गर्नैपर्ने बनाइने बताएको हो । फेसबुकले प्रत्येक प्रयोगकर्तालाई इमेल पठाउँदै यसबारे जानकारी समेत दिएको छ । डेक्सटप, ल्यापटप र विन्डोज फोन चलाउनेले भने अहिलेलाई फेसबुकभित्रैबाट च्याट गर्न पाउनेछन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment